काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित शताब्दी समारोहमा राष्ट्रपति शी चिनफिङले आफ्ना विरोधीलाई कडा शव्दमा चेतावनी दिएका छन्। बिहीबार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) आफ्नो स्थापनाको सयौं वर्ष मनाइरहेको छ।
उनले चीन अब कोहीसँग नदब्ने बताए। “चीन अब कसैसँग दब्ने छैन, कुनै पनि विदेशी तागतलाई यो अनुमान दिनेछैन कि उसले हामीसँग आँखा देखाओस्। हामी माथि दबाव बनाओस् या हामीलाई आफ्नो अधिनमा राख्ने प्रयास गरोस्।”
करीब सत्तरी हजार दर्शकको उपस्थितमा शीले यसो भनिरहँदा सभास्थल तालीले गुञ्जिएको थियो। उनको यो भनाइलाई अमेरिका र चीनबीच जारी तनावसँग जोडेर हेरिएको छ। तर अमेरिका मात्र होइन विश्वका कयौं देशले हङकङ प्रकरणमा चीनको भूमिकाको आलोचना गरेका थिए। त्यतिबेला चीनले हङकङ आफ्नो आन्तरिक मामला बताउँदै त्यसको खण्डन गरेको थियो।
राष्ट्रपति शीले भने, “कसैले पनि चिनियाँ मानिसको मजबुद इच्छाशक्ति र बेजोड शक्तिलाई कम आक्नु हुँदैन, यदी कोही विदेशी शक्तिले यस्तो गर्ने प्रयास गर्छ भने उसलाई चीनको १.४ अर्ब मानिसको शक्तिसँग जुध्नुपर्नेछ।”
उनले आफूहरुले कसैलाई नदबाएको, आँखा नलगाएको र कुनै अन्य देशका नागरिकलाई आफ्नो अधिनमा गर्ने प्रयास नगरेको बताउँदै र आगामी दिनमा पनि यस्तो नगर्ने बताए।
माओपछि चीनका सबैभन्दा शक्तिशाली नेता बनेका शीले चीन सधैं शान्ति, वैश्विक विकास र अन्तर्राष्ट्रिय व्यवस्थालाई सुरक्षित राख्ने काममा लागिरहेको बताए।
उनले चिनियाँ सेनालाई अझे शक्तिशाली बनाउने बताए। चीनले आफ्नो सेनाको निर्माण आफ्नो सम्प्रभुताको रक्षा, सुरक्षा र विकासका लागि गर्ने र यसलाई विश्वस्तरीय बनाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।