काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र? भन्ने प्रश्न उठाएका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गरिरहेका वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन्।
'प्रधानमन्त्री बन्नका लागि सांसद नै पर्याप्त छ। अरु कुनै आधार चाहिँदैन भन्ने कुरा आयो। सांसदले नै सही गरेर दिएपछि अरु चाहिन्छ?', राणाले सोधे।
धारा ७६ (५) अन्तिमसम्म पनि प्रतिनिधि सभा विघटन नहोस् भनेर राखिएको भन्ने आएको उल्लेख गर्दै प्रधानन्यायाधीश राणले यो धारामा सांसद स्वतन्त्र हुन्छन् कि हुँदैनन् भनेर दोहोर्याए।
राणाले यस्तैखाले प्रश्न महतोअघि बहस गरेका वरिष्ठ अधिवक्ता अग्नि खरेललाई पनि सोधेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।