काठमाडौं- वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेलले राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने दाबी गरेका छन्। उनले रिट निवेदकको माग बमोजिम राष्ट्रपतिका नाममा परामदेश जारी गर्न नमिल्ने बताएका हुन्।
'राष्ट्रपतिलाई परमादेश जारी हुन सक्दैन। विपक्षी पनि बनाएकाे छैन। त्यसैले रिट अनुसार आदेश जारी हुन सक्दैन', उनले भने।
त्यसपछि प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले अदालतले परामदेश जारी गर्यो भने के हुन्छ भनेर प्रश्न गरे। 'अदालतले परमादेश गर्यो भने राष्ट्रपतिले मान्नु भएन भने के हुन्छ भन्न खाेज्नु भएकाे हाे?', राणाले सोधे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।