काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुन सांसदले कसलाई भोट हाल्छ भन्ने हेर्ने काम राष्ट्रपतिको हो र? भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बिहीबार सुनुवाइका क्रममा उनले प्रधानमन्त्रीका कानुन व्यवसायी अग्नि खरेललाई उक्त प्रश्न गरेका हुन्।
'राष्ट्रपतिकाे काम कर्तव्यको दायित्वभित्र कुन सदस्यले भाेलि कसलाई भोट हाल्छ कि हाल्दैन भनेर हेर्ने हो र?', राणाले सोधे।
बहसका क्रममा पूर्वमहान्यायाधिवक्ता समेत रहेका खरेलले ह्वीप लगाएपछि एमाले सांसदले शेरबहादुर देउवाका पक्षमा मत दिन नसक्ने बताए। 'ह्वीप लाग्ने अनिवार्य भएकाले राष्ट्रपतिले शेरबहादुर देउवाकाे दाबी अस्वीकार गर्नुभयाे', खरेलले भने।
त्यसपछि प्रधानन्यायाधीश राणाले फेरि सोधे, 'ह्वीप लगाउनु अनिवार्य हाे र? एमालेले नलगाएकाे परिस्थितिमन के हाेला?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।