काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्रीका कानुन व्यवासायीलाई एकपछि अर्को प्रश्न सोधेका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा बिहीबार उनले मुख्यगरी तीन प्रश्न सोधे।
प्रधानमन्त्रीका तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता अग्नि खरेललाई उनले संविधानको धारा ७६ (५) स्वतन्त्र हो कि होइन भनेर सोधे। उनले उपधारा २ र ५ मा के फरक छ भनेर समेत प्रश्न गरे।
'उपधारा २ काे दलहरूकाे हाे। ५ ओपन हो, देउवाकाे हकमा हेर्दा माओवादी र कांग्रेसकाे समर्थन पनि छ। अरु दलकाे पनि छ कसरी गल्ती भयो भनिन्छ कुरा के हो?', प्रधानन्यायाधीश राणाले सोधे।
प्रधानन्यायाधीश राणाले थप सोधे, 'राजनीतिक दल सम्बन्धी ऐन यही छाेड्नुस्। संविधानका सबै धारा र उपधारा स्ववन्त्र छन्। उपधारा ५ स्वतन्त्र हाे भन्ने अनि अरु धारासँग जाेडेर पृथक पृथक व्याख्या गर्न मिल्छ?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।