फाइल तस्वीर।
काठमाडौं- वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पनि ल्याउन नसक्नेले ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइँदैन भन्ने नमिल्ने तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले अविश्वासकाे प्रस्ताव समेत राख्न नसक्नेले अहिले हरेक धाराबाट ओली मात्र प्रधानमन्त्री भए भन्न नमिल्ने बताए।
'समर्थन फिर्ता लिएपछि विश्वासकाे मत प्राप्त गर्न नसेकपछि ७६ (२) काे सरकार बनाउन अवसर दिइएकाे थियाे नि त! किन सरकार बनाउन सक्नु भएन? त्याे बनाकाे भए अहिले सबै केपी ओली मात्र भनेर बहस गर्नै पर्दैनथ्यो', खरेलले भने।
बहुलवादमा आधारित संविधान बनाइएकाले सत्तारुढ दलका सांसदले विपक्षी दलका नेतालाई प्रधानमन्त्रीका लागि हस्ताक्षर गर्न नपाउने खरेलले तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।