काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको एक सयौं वर्षगाठ मनाइरहेको छ। बिहीबार विहान राष्ट्रपति शी चिनफिङले तियानमेन चोकमा कडा सुरक्षा जाँचपछि भेला भएकाहरुलाई सम्बोधन गरेका छन्।
राष्ट्रपति शीले केवल समाजवादले नै चीनलाई बचाउन सक्ने बताए। उनले कम्युनिस्ट पार्टी चीनको विकासको केन्द्रमा रहेको र यसलाई मानिसहरुबाट अलग गराए देखाउने प्रयास "विफल" हुने बताए।
भव्य समारोहमा सेनाको विमान र तोपको सलामीकाबीच देशभक्तिको गीत गाइएको थियो। १९२१ मा स्थापित चिनियाँ कम्युनिस्ट पार्टी(सीसीपी) लामो गृहयुद्धपछि ७२ वर्ष पहिला सत्तामा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।