फाइल तस्वीर
काठमाडौं– राष्ट्रिय सभाको आठौं अधिवेशन आज (बिहीबार)बाट सुरु हुँदै छ। बिहीबारको बैठक अपराह्न ४ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ।
राष्ट्रिय सभाको सातौं अधिवेशन गत पुस २६ मा अन्त्य भएको थियो। एउटा बैठक अन्त्य भएको ६ महिनामा अर्को बोलाउनुपर्ने संवैधानिक प्रावधानअनुसार राष्ट्रिपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रिय सभामा हाल १९ वटा विधेयक रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदन, संवैधानिक निकायबाट आएका पत्र प्रस्तुत हुने संघीय संसद् सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले बताए।
अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेश पेश हुने पनि उनले बताए।
यसैबीच, राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।