काठमाडाैं- भारतकाे इलाहाबादस्थित गंगा नदीको पानीको सतह वृद्धि भएसँगै बालुवामा गाडिएका शवहरु बाहिर देखा पर्न थालेका छन्।
इलाहाबादको फाफमाऊ क्षेत्रमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै ठूलो संख्यामा मृत शरिरहरू गंगा नदी किनारमा बालुवामा पुरिएको अवस्थामा फेला परेकाे थियाे।
गंगा नदीमा गएको केही दिनदेखि पानीको सतह बढ्न थालेपछि ती बेवारिसे मृत शरिरहरु तैरिन थालेका छन्।
नगरपालिका अधिकारीहरुले हालसम्म १५० भन्दा बढी शवहरुकाे हिन्दू रीतिथितिका अनुसार दाहसंस्कार गरेकाे जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।