काठमाडाैं- भारत सरकारले नागाल्याण्ड राज्यका सम्पूर्ण क्षेत्रलाई ६ महिनाको लागि ‘अशान्त क्षेत्र’ घोषणा गरेकाे छ।
केन्द्रीय गृह मन्त्रालयले बुधबार विवादास्पद सशस्त्र बल विशेष शक्ति कानून (एएफएसपीए) ऐन अन्तर्गत अशान्त क्षेत्र घोषणा गरिएको जानकारी दिएको हो।
योसँगै सशस्त्र बल (विशेष शक्ति) ऐन अर्थात् सशस्त्र बल विशेषाधिकार ऐन अन्तर्गत सुरक्षा बलहरुले जुनसुकै स्थानमा कारबाही गर्न र कुनै वारेन्ट बिना कसैलाई पक्रन सक्छन्।
‘सम्पूर्ण नागाल्याण्ड राज्य अशान्त र खतरनाक अवस्थामा छ भन्ने सरकारको धारणा छ। यहाँको प्रशासनलाई सहयोग गर्न सशस्त्र बलको प्रयोग अपरिहार्य छ,’ मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
एएफएसपीए ऐन दशकौंदेखि नागाल्याण्डमा लागू भएको थियो। अगस्ट २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नागा विद्रोही समूह एनएससीएन–आईएमका महासचिव थ्विंगलेङ्ग मुइया र सरकार वार्ताकार आर एन रविबीच फ्रेमवर्क सम्झौता भएको थियो।
त्यसपछि पनि एएफएसपीए ऐन लागू भइरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।