काठमाडाैं- इराकमा तापक्रम बढ्दा जनजीवन प्रभावित भएको छ। इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको हाे।
मौसम विद्हरुका अनुसार हाल तापक्रम कम्तीमा पनि ५१ डिग्री सेल्सियस पुगेको छ। जसका कारण ती प्रान्तहरुमा निकै नै तातो हावा चलेको छ र नागरिकमा स्वास्थ्यका गम्भीर समस्याहरु देखिएका छन्।
इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा दक्षिणी क्षेत्रका बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम बढेर ५१ डिग्री सेल्सियससम्म पुगेको छ।
राजधानी बगदादलगायतका अरु कैयौँ क्षेत्रको तापक्रम भने ५० डिग्री नै पुगेको छ।
इराककाे सरकारी निकायले नागरिकलाई अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन र पर्याप्त मात्रामा झोल पदार्थको सेवन गर्न पनि सार्वजनिक सूचनाहरु दिएका छन्। यो तातो हावाका कारण बालबालिकामा धेरै असर पर्न सक्ने देखिएको छ।
जसले गर्दा देशका अधिकांश भूभागका विद्यालयहरु बन्द गरिएको छ भने देशव्यापी रुपमा नै विदा दिने तयारी गरिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।