काठमाडाैं- भारतीय फार्मा कम्पनी ‘भारत बायोटेक’द्वारा विकसित गरिएको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन अल्फा र डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको दाबी गरिएको छ।
युएस नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)ले उक्त खोप प्रभावकारी रहेको दाबी गरेको हो।
‘दुई अलग अध्ययनले कोभ्याक्सबाट फेला परेको एन्टिबडी सार्स कोभ २ (कोभिड–१९) को अल्फा र डेल्टा भेरियन्टविरूद्ध राम्रोसँग काम गरेको देखाएको छ,’ एनआईएचले भनेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार यस शीर्ष अमेरिकी स्वास्थ्य अनुसन्धान संस्थानले कोभ्याक्सिन सुरक्षित खोप भएको पनि दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।