काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको प्रमुख समस्या रहेको बताएका छन्।
पाँच दलको विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिसँग गरेको छलफलमा उनले यस्तो बताएका हुन्।
‘ओलीप्रवृत्ति अहिले लोकतन्त्र, राष्ट्र र संविधानका निम्ति खतरा बनेको छ’, प्रचण्डले भने, ‘अहिलेको मुख्य समस्या ओली भएकाले त्यसका विरुद्ध हामी सँगै छौं भन्ने यो एउटा सहमति हो भन्ने मैले बुझेको छु।’
उनले नागरिक समाजले उठाएका कुरा र दिएका सुझावलाई विपक्षी गठबन्धनका आउने बैठकहरूमा गम्भीर रुपमा छलफल गर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।