काठमाडौं– ५ विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्।
विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधप नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समर्थित विद्यार्थी संगठनहरुले बुधबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्।

संसद विघटन तथा सरकारका 'असंवैधानिक' काम कारबाहीको विरोधमा आन्दोलनरत रहेका नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले प्रधानमन्त्री ओली र सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्।

विद्यार्थी संगठनहरुले बुधबार अपराह्न काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्। संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध देशभर नै आन्दोलनको कार्यक्रम घोषणा गरिएको र देशका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको संयुक्त विद्यार्थी संगठनका नेताहरुले जानकारी दिएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।