तस्वीर : प्रधानमन्त्रीको सचिवालय।
काठमाडौं- सरकारले सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री बसन्त नेम्वाङले यसरबाे जानकारी गराएका हुन्। त्यस्तै, नेपाल इञ्जिनियरिङ परिषद्को रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन् ।
शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्षमा डा. अर्जुन कार्की नियुक्त भएका छन्। सदस्यहरू डा. अमिना सिंह, डा. असिम ढकाल, डा. विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राई, संगिता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणा नियुक्त भएका छन्।
योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामा नियुक्त भएका छन्।
असार ७ गतेको बैठकले एसीयाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय मनिलामा २ वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा श्रम मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी काजमा पठाउने पनि निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।