फाइल तस्वीर।
काठमाडौं- राष्ट्रिय सभाको आठौँ अधिवेशनको तयारी पूरा भएको छ।
राष्ट्रिय सभाको आठौँ अधिवेशन भोलि दिउँसो ४ बजेका लागि बोलाइएको छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ।
राष्ट्रिय सभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदन, संवैधानिक निकायबाट आएका पत्र प्रस्तुत हुने संघीय संसद् सचिवालका सहायक प्रवक्ता दशरथ धमलाले बताए।
अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार अध्यादेशहरु पेश हुने पनि उनले बताए।
राष्ट्रिय सभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टीजेन परीक्षण पनि गरिएको छ। संसद् भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद् सचिवालयको कर्मचारीको पनि एन्टीजेन परीक्षण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।