काठमाडौं- नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले स्थायी कमिटीलाई ब्युँत्याएको छ। सर्वोच्च अदालतको जेठ २७ गतेको आदेशले महाधिवेशन आयोजक कमिटीमाथि प्रश्न उठेपछि बुधबार बालुवाटारमा बसेको सो कमिटीको अन्तिम बैठकले आफूलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरित गरेको हो।
बैठकले तत्कालीन एमालेमा नरहेका तर नेकपा गठन गर्दा थपिएका स्थायी कमिटी सदस्यलाई अहिले पनि स्थायी कमिटीमै राखिएको छ। जुन जेठ ३ गतेको अवस्था हो। यसरी थपिनेमा रामबहादुर थापा बादल, वेदुराम भुसाल, रघुवीर महासेठ लगायत छन्। तत्कालीन एमालेको स्थायी कमिटीमा नभएता पनि रघुजी पन्त, वेदुराम भुसाल, विष्णु रिमाल र रघुवीर महासेठलाई माओवादीसँग एकताका बेला स्थायी कमिटीमा मनोनित गरिएको थियो।
रामबहादुर थापा 'बादल', लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणिचन्द्र थापा माओवादीका तर्फबाट स्थायी कमिटीमा आएका थिए। तर उनीहरु नेकपा विभाजनसँगै एमालेतिर लागेका थिए। उनीहरुलाई पनि समेटेर ओलीले नयाँ स्थायी कमिटी बनाएका हुन्।
बैठकले केन्द्रीय कमिटीको बैठक असार १८ गतेलाई आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।