काठमाडौं– संसद विघटनसँग सम्बन्धित मुद्दामा जारी सुनुवाइका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले राष्ट्रपतिलाई मुद्दा लाग्न नसक्ने जिकिर गरेका छन्।
बुधबार बहसका क्रममा वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिलाई पनि मुद्दा लाग्ने भनेर बहसका क्रममा यसअघि भएका जिकिरहरु गलत भएको पनि दाबी गरे।
'राष्ट्रपतिलाई मुद्दा लाग्छ कि लाग्दैन भन्दा पेस भएका नजिर पनि गलत छन् । शाही आयोग र रुक्माङ्गद कटुवालको मुद्दाको सन्दर्भ मिल्दैन,' वरिष्ठ अधिवक्ता पन्तले भने।
राष्ट्रपतिलाई मुद्दा लाग्ने भए निवेदकहरुले किन विपक्षी नबनाएको भनेर समेत पन्तले प्रश्न गरे। 'राष्ट्रपतिलाई मुद्दा लाग्छ भने किन विपक्षी नवनाएको त?' पन्तले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।