फाइल तस्वीर।
काठमाडौं- सरकारी वकिलले प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा राष्ट्रपतिले गरेकाे विवेकपूर्ण निर्णय अदालतले हेर्न नमिल्ने दाबी गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले धारा ७६ (५) राष्ट्रपतिको विशेष अधिकार भएको तर्क गरे। उनले त्यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउने/नपाउने आधार राष्ट्रपतिले हेर्ने बताए।
'कुनै एक जना सांसदले दाबी गर्दै मलाई पछि दिने भनेकाे छ गर्नुस् भन्नुभयाे भने के गर्ने? दलकाे पत्र र अरु सांसदकाे हस्ताक्षर छैन भने के गर्ने? विश्वासकाे मत पाउने आधार देखेमा मात्र राष्ट्रपतिले स्वीकार गर्ने हाे', उनले भने।
विश्वासकाे मत प्राप्त गर्ने आधार के हाे भनेर इजलासले सूची बनाउन सक्ने उनले बताए। '७६(५) मा राष्ट्रपतिलाई कसैले सिफारिस गर्ने र राष्ट्रपतिले ७६ काे धारामा कसैसँग सल्लाह गर्ने समेत कल्पना गरिएकाे छैन', रेग्मीले तर्क गरे, 'राष्ट्रपतिलाई ७६ (५) मा अलग अधिकार दिएकाे छ। याे विशेष अवस्था हाे। ७६ (५) अनुसार राष्ट्रपतिले गरेकाे विवेकपूर्ण निर्णय अदालतबाट हेर्न मिल्दैन।
रेग्मीअघि सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले बहस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।