काठमाडौं- प्रतिनिधि सभा विघटन मुद्दामा बुधबारको बहस सुरु भएको छ। सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले बहस सुरु गरेका छन्। उनलाई १५ मिनेट समय दिइएको छ।
बुधबार ५५ मिनेटभित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस कार्यतालिका छ।
सरकारी वकिलले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले बहस गर्नेछन्। प्रधानमन्त्रीका कानुन व्यवसायीलाई बहसका लागि ७ घण्टा समय छुट्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।