काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ। बैठक आज (बुधबार) दिउँसो १ बजे पार्टी कार्यलय बबरमहलमा बस्ने जसपा नेता एकबाल मियाँले बताए।
आजको बैठकमा पार्टीको आन्तरिक अवस्था पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने उनको भनाइ छ।
बैठकमा पार्टीको आन्तरिक विवाद तथा निर्वाचन आयोगसँग जोडिएको विषयमा छलफल हुने उनले बताए।
हाल वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा पुगेको छ। यही विषयमा छलफल गर्न आयोगले यही २२ गते दुवै पक्षलाई बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।