काठमाडाैं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुवैपक्षलाई छलफलका लागि बोलाएको छ।
यही असार २२ गते ११ बजे दुवै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
'राजनीतिक दलसम्बन्धी एेन २०७३ को दफा ४४ को उपदफा ४ मा विवादका पक्षहरुलाई सहमति कायम गर्ने अवसर दिने व्यवस्था छ। त्यही व्यवस्था अनुसार दुवै पक्षलाई २२ गते बोलाइएको छ,' उनले नेपाल लाइभसँग भने।
दुई धारमा विभाजित जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले आफ्नो पक्षलाई दलको आधिकारिकता दिनुपर्ने माग गर्दै निवेदन दिएको थियो। उक्त निवेदनमाथि निर्णय गर्नका लागि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रमाण पेस गर्न समय दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।