• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शिक्षामन्त्रीले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काउन खोजे : गगन थापा

64x64
नेपाल लाइभ मंगलबार, असार १५, २०७८  १८:४६
1140x725

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काउन खोजेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत् मंगलबार धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका थापाले जातिय विभेद लगायत सबै विभेद अन्त्य गर्ने सम्बन्धमा राज्यको दायित्वभित्रको जिम्मेवारी मन्त्रीले नबुझेको मात्र नभई आफ्नो भूमिकाले विभेदको अझ पक्षपोषण भएको नदेखियोस् भन्ने सामान्य शालीनतासमेत प्रदर्शन गर्न आवश्यक नठानेको बताएका छन्। 

कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनामा मन्त्री श्रेष्ठको गैरजिम्मेवार हस्तक्षेपप्रति आक्रोश र असहमति व्यक्त गरिएको बताएका छन्। तर, फेरि पनि जातीय विभेदको कुनै एउटा घटनापछि आक्रोशित बहस हुने र तुरुन्तै सेलाएर जाने अनि विभेदका घटनाचाहिँ दोहोरिइरहने त होइन भन्नेतर्फ सचेत रहनुपर्ने उनले बताएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

'हाम्रो समाजमा जातिय विभेद अपवादमा हुने घटना हुँदै होइन भन्ने यथार्थ लाई स्वीकारे मात्र हामी संविधानले परिकल्पना गरेको उत्पीडनमुक्त समतामूलक समाजको निर्माणका लागि पहिलो पाइला चाल्न योग्य हुनेछौँ', थापाले लेखेका छन्।

यस्तो छ थापाको भनाइ :
कलाकार एवं दलित अधिकारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनापछि न्याय निरूपणको स्वाभाविक प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारका मन्त्रीको गैरजिम्मेवार हस्तक्षेप प्रति आक्रोश र असहमति व्यक्त गऱ्यौं। 
तर, फेरि पनि जातीय विभेदको कुनै एउटा घटनापछि आक्रोशित बहस हुने र तुरुन्तै सेलाएर जाने अनि विभेदका घटनाचाहिँ दोहोरिइरहने त होइन भन्नेतर्फ सचेत रहनुपर्ने छ। यस्तो हुन नदिन विभेदको कुनै पनि घटनामा राज्य कहाँ उभिने भन्ने प्रश्नमा निरन्तर बहस चलाइरहनुपर्ने भएको छ।
सबै लिङ्ग, वर्ग, जाति, क्षेत्रका प्रतिनिधिहरूको लामो विमर्श र अथक मेहनत पछि लेखिएको हाम्रो नयाँ संविधानले जातीय भेदभावलाई गम्भीर सामाजिक अपराध मानेको छ। त्यस्तो भेदभाव दण्डनीय रहने संवैधानिक प्रबन्ध अनुसारका कानून हामीले बनाएका छौँ।
अतः जातीय विभेदको कुनै पनि घटनामा बिना कुनै आग्रह, कुनै किन्तु परन्तु बिना, निष्पक्ष रूपमा संविधान र कानुनको यो प्रबन्धको कार्यान्वयन गर्नु गराउनु राज्यको निर्विकल्प दायित्व हो। 
संविधानमा यो पनि लेखेका छौँ- परम्परा,रीति तथा संस्कारका नाममा हुने सबै प्रकारको विभेदको अन्त्य गरी सभ्य समाज निर्माण गर्ने राज्यको नीति हुनेछ।यो नीतिलाई वास्तविकतामा अनुवाद गर्न विभेदको घटनामा संलग्न व्यक्ति वा संस्थालाई सजाय त आवश्यक हुन्छ नै तर त्यति मात्र पर्याप्त हुँदैन।
हाम्रो समाजमा जातिय विभेद अपवादमा हुने घटना हुँदै होइन भन्ने यथार्थ लाई स्वीकारे मात्र हामी संविधानले परिकल्पना गरेको उत्पीडनमुक्त समतामूलक समाजको निर्माणका लागि पहिलो पाइला चाल्न योग्य हुनेछौँ। 
सयौँ वर्षदेखि प्रश्रय पाएको यस्तो अमानवीय परम्पराको सामाजिक, मनोसामाजिक, राजनीतिक, आर्थिक लगायत जटिल आयाम छन्। त्यसैले सरकारले जातिय विभेदलाई न्यायालयबाट हुनुपर्ने निरूपणको विषयसँगै आर्थिक, सामाजिक मुद्दाको रूपमा पनि हेर्नु पर्छ र सोही अनुसार निरन्तर सम्बोधन गरिरहनु पर्छ। 
राज्यको यस्तो पहललाई सार्थक बनाउन धेरै भन्दा धेरै नागरिकलाई सहभागी गराउन सक्नुपर्छ। यसका लागि विभेदको घटनामा प्रवेश गर्ने बित्तिकै सामाजिक सद्‌भाग खलबलिने होइन बरु यस्तो घटनालाई लुकाउने/पन्छाउने गऱ्यो भने मानवीय र सद्‌भावयुक्त समाज कहिल्यै बन्न सक्दैन भन्ने सचेतना जगाउन जरुरी छ।
पश्चिमी देशहरूमा पछिल्लो समय उत्पन्न भएको जातीय र नश्लीय द्वन्द्वका घटनाले हामीलाई दिएको शिक्षा के हो भने विभेदका अवशेष बाँकी नै रहेको समाज जतिसुकै वैभवशाली भए पनि शान्त र सद्‌भावयुक्त हुन नसक्ने रहेछ। समृद्ध त होला तर सुखी र खुसी हुन नसक्ने रहेछ अर्थात् समुन्नत नहुने रहेछ।
तसर्थ, समुन्नत नेपाल निर्माण गर्ने हाम्रो यात्राको यो प्रथम पाइलामै विभेदयुक्त सामाजिक संरचनाका कारण युगौँदेखि पछाडि परेको जाति र समुदायसँग हातेमालो गर्दै सँगै हिँडाउने अठोट उदारता र कानुनको दृढ कार्यान्वयन गर्न सकियो भनेमात्र हाम्रो भविष्य उज्यालो र द्वन्द्वमुक्त हुनेछ।
पछिल्ला घटनाक्रमको पृष्ठभूमिमा जातिय विभेद लगायत सबै विभेद अन्त्य गर्ने सम्बन्धमा राज्यको यो गुरुत्तर दायित्वभित्रको आफ्नो जिम्मेवारी मन्त्रीले नबुझेको मात्र होइन आफ्नो भूमिकाले विभेदको अझ पक्षपोषण भएको नदेखियोस् भन्ने सामान्य शालीनतासमेत प्रदर्शन गर्न आवश्यक नठानेको बुझिन्छ।
मन्त्रीले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काउन गरेको धृष्टताको विरोध गर्दै जातिय विभेदको घटनामा राज्यलाई सही ठाउँमा उभ्याउनुपर्ने त छ नै सँगै सबैखाले विभेदको अन्त्य भएको समाज निर्माण गर्न नागरिकलाई विभेद नगर्ने र विभेद नसहने नागरिकमा रुपान्तरणको सत्प्रयास पनि गरिरहनुपर्नेछ। 

मन्त्रीले आफ्नो दायित्व बिर्सिएर द्वन्द्व चर्काउन गरेको धृष्टताको विरोध गर्दै जातीय विभेदको घटनामा राज्यलाई सही ठाउँमा उभाउनुपर्ने त छ नै सँगै सबैखाले विभेदको अन्त्य भएको समाज निर्माण गर्न नागरिकलाई विभेद नगर्ने र विभेद नसहने नागरिकमा रुपान्तरणको सत्प्रयास पनि गरिरहनुपर्नेछ(१२/१२

— Gagan Thapa (@thapagk) June 29, 2021

 

 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
सुनको मूल्य घट्यो
स्मार्ट सेल घोटाला प्रकरणमा ज्योतिप्रकाश पाण्डे पक्राउ
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बुधबार, वैशाख ३०, २०८३
काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो । बुधबार, वैशाख ३०, २०८३
रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान सामाजिक सञ्जालमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने लेख्दै नेता गणेश पराजुलीले जानकारी दिएका हुन् । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी बुधबार, वैशाख ३०, २०८३
सुनको मूल्य घट्यो बुधबार, वैशाख ३०, २०८३
स्मार्ट सेल घोटाला प्रकरणमा ज्योतिप्रकाश पाण्डे पक्राउ बुधबार, वैशाख ३०, २०८३
काँग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा भेला गर्दै बुधबार, वैशाख ३०, २०८३
रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
सदनमा प्रधानमन्त्रीको व्यवहार अस्वभाविक भएकाले स्वास्थ्य जाँच गरेर संसदलाई जानकारी गराउन कांग्रेसको माग मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डसँग नेपाल २ रनले पराजित मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्