मकवानपुर- बागमती प्रदेश सभाको आगामी बैठक यही असार १७ गते दिउँसो ३ बजे बस्ने भएको छ। बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/७९ को विनियोजित बजेट, राजश्व र आयव्ययमाथि छलफल हुने बताइएको छ।
प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए। उनले भोलि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने जनाए।
प्रदेश सभाको यही असार २ गते बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व संकलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।