काठमाडौं- प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले राष्ट्रपतिले प्रधानमन्त्री दाबी गर्नेलाई नियुक्त नगरेको विश्वको उदाहारण छैनन्? भन्दै प्रश्न गरेका छन्।
प्रतिनिध सभा विघटनविरुद्धको रिटमाथि जारी सुनुवाइका क्रममा मंगलबार प्रधानन्याधीश राणाले नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई राष्ट्रपतिले प्रधानमन्त्री दाबी गर्नेलाई नियुक्त नगरेको विश्वको उदाहारणबारे सोधेका हुन्।
नायब महान्यायाधिवक्ता पाण्डेयले भारतमा इन्दिरा गान्धीको हत्यापछि प्रधानमन्त्री कसलाई नियुक्त गर्ने भन्ने समस्या आएको बहसका क्रममा बताएपछि प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री दाबी गर्नेलाई राष्ट्रपतिले नियुक्त नगरेको विश्वको उदाहरणबारे प्रश्न गरेका हुन्।
त्यसअघि राणाले संविधानको धारा ७६ (५) को प्रक्रिया किन पूरा नगरेको भनेर सरकारी बहसकर्तालाई प्रश्न गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।