काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधानको धारा ७६ (५) को प्रक्रिया किन पूरा नगरेको भनेर सरकारी बहसकर्तालाई प्रश्न उठाएका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा मंगलबार बहस गरिरहेका नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई यस्तो प्रश्न गरेका हुन्।
प्रधानन्यायाधीशले सोधे, 'धारा ७६ (५) को प्रक्रिया पूरा नगरेकाले प्रश्न उठेको हो, विकल्प खोज्नु पर्ने थिएन र?'
जवाफमा पाण्डेयले दुवैको आधार नदेखेपछि राष्ट्रपतिले अस्वीकार गरे। उनले यसलाई अदालतले समेत हेर्न नमिल्ने बताए।
प्रधानन्यायाधीश राणाले फेरि सोधे, 'कुनै दुईमध्ये एकलाई नगर्न याे व्यवस्था हाे कि हैन? भारत लगायतमा के अभ्यासमा छ? आधार प्रस्तुत गर्ने माैका दिनुपर्ने थियाे। विकल्प उहाँ खाेज्नु पर्ने थियाे कि थिएन?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।