काठमाडौं- संसद विघटनसम्बन्धी सुनावाइका क्रममा सरकारी पक्षबाट बहसमा उत्रिएका नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विश्वासको मतबारे घोषणा कसले गर्ने हो? भनेर प्रश्न सोधेका छन्।
आजको सुनुवाइका क्रममा बहसमा आएका नायब महान्यायाधिवक्ता पाण्डेयलाई प्रधानन्यायाधीशले विश्वासको मत प्राप्त गर्ने वा नगर्ने घोषणा कसले गर्ने हो भन्दै प्रश्न गरेका थिए।
नायब महान्यायाधिवक्ता पाण्डेयले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नभएकाले नलिएको दावी गरेपछि प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन्।
प्रधानमन्त्रीले विश्वासको मत पाए नपाएको घोषणा सदनमा सभामुखले गर्ने होइन? भन्दै प्रधानन्यायाधीशले 'विश्वासको मत लिने/नलिने कुरा प्रधानमन्त्रीको होला तर, लिने त ससदमा हो कि कहाँ हो?' भन्दै प्रश्न गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।