फाइल तस्वीर
काठमाडौं– आज (मंगलबार) अपराह्न ५ बजे नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका लागि भइरहेका प्रयासबारे छलफल हुने बताइएको छ।
बुधबार बालुवाटारमा बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकको तयारीका लागि आजको बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा भोलिको बैठकको तयारीसँगै अन्य राजनीतिक विषयमा समेत छलफल हुने तामाङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।