काठमाडौं– गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन्।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले साेमबार उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
पोखराका बाँस्तोला २५ वर्षदेखि कानून व्यवसायमा संलग्न छन्। उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्षसमेत हुन्।
मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।