काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले पाँच दलीय मोर्चाबन्दी कुनै रहर र लहडमा नबनेको दाबी गरे।
नयाँ बानेश्वरस्थित संसद् भवनमा राखिएको बुद्धिजीवीसँगको अन्तरक्रियामा बोल्दै राईले समयको आवश्यकताले गठबन्धन बनाउनुपर्ने अवस्थामा पुर्याएको बताए।
‘यो गठबन्धन लामो समयसम्म टिक्नुपर्छ। टिकाउनुपर्छ। यो गठबन्धन रहरले वा लहडले होइन, आवश्यकताले निर्माण भएको हो। समयको आवश्यकताले निर्माण भएको हो,’ राईले भने, ‘जबसम्म यो गठबन्धन आवश्यक रहन्छ। त्यति बेलासम्म गठन्धन रहन्छ। टिक्नुपर्छ, हामी टिकाउँछौँ।’
आफ्नो तर्फबाटसमेत केही त्रुटि हुनसक्ने बताउँदै राईले त्यसमासमेत बेला मौकामा खबरदारी गर्न आग्रह गरे। ‘हामी पनि मान्छे हौं, गल्ती हुनसक्छ। काम गर्ने सिलसिलामा कमी कमजोरी हुनसक्छ। मावनवीय कमजोरी हो भन्ने गरी लिनुहोला। कुनै बदनियत होइन भन्ने ठान्दिनुहोला,’ वरिष्ठ नेता राईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।