काठमाडाैं- भारतकाे केन्द्र सरकारले कोरोना महामारीको कारण प्रभावित बनेको स्वास्थ्यलगायतका क्षेत्र सुधारको लागि ११ खर्ब भारुको सहुलियत ऋणको योजना ल्याएको छ।
भारतीय अर्थमन्त्री निर्मला सीथारमणले साेमबार मुलुकको आर्थिक क्षेत्रमा सुधारको लागि उक्त बजेट घाेषणा गरेकी हुन्।
उनले आर्थिक राहत पुर्याउनका लागि आठ किसिमका योजना ल्याएको बताएकी छिन्। उनका अनुसार तीमध्ये चारओटा नयाँ छन् र एउटा योजना स्वास्थ्य पूर्वाधारमा केन्द्रित छ।
महामारीको कारण समस्यामा रहेका मझौला उद्योगको सुधारको लागि उनले इमर्जेन्सी क्रेडिट लाइन ग्यारेन्टी स्किम (ईसीएलजीएस) अन्तर्गत दिइने रकम ५० प्रतिशत बढाउँदै ४५ खर्ब भारु पुर्याउने घोषणा गरेकी छिन्।
सन् २०२० को मे महिनामा सरकारले २०० खर्ब भारुको आत्मनिर्भर भारत योजनाको घोषणा गरेको थियो। उक्त योजनामा ईसीएलजीएस कार्यक्रमको लागि ३० खर्ब भारु छुट्याइएको थियो।
गत महिना सरकारले यो कार्यक्रमबाट अस्पतालहरुलाई सहुलियत कर्जाको सुविधा बढाउने निर्णय गरेको थियो। यो सुविधा अस्पतालमा अक्सिजन प्लान्ट बनाउनका लागि दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।