• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निषेधाज्ञामा सल्बलाए तस्कर, बढ्यो वन्यजन्तुको शिकार

64x64
नारायण अधिकारी बिहीबार, असार १७, २०७८  ०८:५०
1140x725
प्रहरीले बरामद गरेको रेडपाण्डाको छाला।

काठमाडौं-

घटना १- गत वैशाख ३१ गते सर्लाहीबाट निल गाई मारेर छाला काट्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गर्‍यो। ईश्वरपुर नगरपालिका­-४ का रणबहादुर गोले त्यसबेला पक्राउ परे।

शिकारीलाई निन्त्रणमा लिने क्रममा प्रहरी र शिकारी समूहबाट दोहोरो फायरिङ समेत भएको थियो। नियन्त्रणमा लिने क्रममा शिकारीको समूहले प्रहरीतर्फ ३ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले पनि २ राउण्ड फायरिङ गरेको थियो। गोले पक्राउ परेपनि अरु शिकारी भने भागेका थिए। 

सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथ वन क्षेत्रमा शिकारी हतियारसहित पसेका थिए। इन्स्पेक्टर जनकराज ढुंगाना समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले शिकारीले प्रयोग गरेको प्रदेश-२-०२ ०३२ प २५२२ नम्बरको मोटरसाइकल र बीआर ३० यू ४६७७ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गर्‍यो भने तीन नाल भरुवा बन्दुक र त्यसमा लाग्ने बारुद पनि बरामद गरेको थियो।  

घटना २- संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले जेठ २५ गते कैलालीबाट रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गर्‍यो। कैलालीको गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वनबाट बझाङको देउलेकका २३ वर्षीय अमर धामी रेडपाण्डाका छालासहित पक्राउ परे। रेडपाण्डा मारेर छाला काडेर उनले बोकेका थिए।

घटना ३- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ दि फेमस महिन्द्र दल गणले निकुञ्जको इलाका चिलाउनेबाट १५ किलो बँदेलको मासुसहित एक जनालाई गत जेठ १२ गते पक्राउ गर्‍यो। 

काठमाडौं गोकर्णेश्वर नगरपालिका-१, चिलाउनेका ५० वर्षीय धनबहादुर तामाङ बा २९ प १५७९ नम्बरको मोटरसाइकलमा बँदेलको मासु बोकेर सुन्दरीजलतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए।

घटना ४- महानगरीय प्रहरी अपराध महाशाखाले असार ११ गते चितुवाको छालासहित स्वयम्भूबाट दुई जनालाई पक्राउ गर्‍यो। सिन्धुलीको मरिण–३ का ३२ वर्षीय सुशीलकुमार वाइबा र घ्याङलेख–१ का कान्छाराम वाइबा चितुवाको छालासहित पक्राउ परेका थिए। उनीहरुले उक्त छाला ६ लाखमा बेच्न लागेको महाशाखाको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

वन्यजन्त चोरी शिकारीका यी चारवटै घटना कोरोना कोभिड-१९ का कारण लगाइएको निषेधाज्ञामा भएका हुन्। गत वैशाखको दोस्रो सातादेखि सुरु भएको निषेधाज्ञायता वन्यजन्तु चोरी शिकारीका घटना बढ्दै गएको पाइएको छ। निषेधाज्ञाले आवतजावत ठप्प हुँदा फुर्सदिला बनेका केही व्यक्तिहरू वन्यजन्तु अपराधमा संलग्न हुन थालेको प्रहरीले दैनिकजसो बरामद गरेको वन्यजन्तुका हाडछाला तथा पक्राउ परेकाहरुबाट पुष्टि हुन्छ। 

निषेधाज्ञाको समयमा वन्यजन्तु चोरी शिकारी बढेपछि कतिपय स्थानीय तहले यसविरुद्ध अभियान नै चलाए। निषेधाज्ञामा चोरी शिकारी बढेको भन्दै डोटीको शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान चलाएको थियो। विभिन्न बहानामा स्थानीयहरु जंगल जाने र वन्यजन्तुको शिकार गर्ने क्रममा बढेको भन्दै शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान चलाएको थियो।

शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले उक्त अभियान अहिले पनि जारी नै रहेको बताए। रतुवा, घोरल, बँदेल, कालिज लगायतका पंक्षी तथा जनावरहरु शिकारीको निशानामा पर्न थालेपछि चोरी शिकारी नियन्त्रण अभियान चलाइएको जोशीको भनाइ छ।

यस्तै, निषेधाज्ञाकै समयमा कैलालीको संरक्षित वन क्षेत्र बसन्तामा पनि चोरी शिकारी बढेको भन्दै निगरानी बढाइएको छ। निषेधाज्ञाको सयमा काठ भन्दा पनि वन्यजन्तु चोरी शिकारी हुने गरेको गुनासो आएपछि निगरानी बढाइएको सबडिभिजन वन कर्यालय पचमुडियाका सहायक वन अधिकृत विश्वराज पण्डितको भनाइ छ। चोरी शिकारी बढेकाले गस्ती र निगरानी बढाइएको पण्डितले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मध्य तराईका सर्लाही र महोत्तरीका जंगलमा पनि निषेधाज्ञाको समयमा वन्यजन्तुको चोरी शिकारी बढेको गुनासो आएपछि गस्ती बढाइएको छ। सर्लाहीमा त शिकारी र प्रहरीबीच दोहोरो फायरिङ समेत भएको थियो। महोत्तरी र तराईमा बँदेल, नीलगाई, मृग, हरिण, दुम्सीसहितका वन्यजन्तुहरुको शिकार हुने गरेको गुनासो आएपछि गस्ती बढाइएको हो। 

डिभिजन वन कार्यालय लालबन्दीका अनुसार वन्यजन्तु चोरी शिकारी बढेपछि गस्ती बढाइएको छ। सशस्त्र प्रहरीका तीन वटा बेसका २१ सुरक्षाकर्मी र वनका ७० कर्मचारीहरु आलोपालो गस्तीमा निस्कने गरेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा वन्यजन्तु चोरी शिकारी हेर्ने छुट्टै पिलर नै छ। उक्त पिलरका एक प्रहरी अधिृकतका अनुसार निषेधाज्ञामा घास दाउरा गर्ने बहानामा वन्यजन्तु शिकार गरेर मासु खाने घटना बढेको हुनसक्ने बताए। निषेधाज्ञामा शिकार गरेर अखेटोपहार बाहिर सप्लाई गर्न समस्या हुने भएकाले त्यस्ता घटना भने नभएको उनको भनाइ छ। 

सीआईबी प्रमुखको जिम्मेवारी सम्हालेर भर्खरै सरुवा भएका डीआईजी सहुकलबहादुर थापाले भने निषेधाज्ञामा चोरी शिकारी बढ्न सक्ने आकलन गरेर सोही अनुसार काम भइरहेको बताए। ‘निषेधाज्ञाले मान्छे फुर्सदिला भएकाले चोरी शिकारी बढ्न सक्ने हाम्रो पनि अनुमान हो। अहिले नै बढ्यो भन्न सक्ने अवस्था छैन। चोरी शिकारी बढ्न सक्नेतर्फ सचेत भएर सीआईबीले काम गरिरहेको छ’, थापाले भने। 

केही स्थानीय तहहरुले वन्यजन्तु चोरी शिकारीका घटना बढेको भन्दै नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको बताएपनि राष्ट्रिय निुकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने चोरी शिकारीको तथ्यांक आइनसकेकाले अहिले नै बढेको भन्ने नसकिने बताएको छ। 

‘निषेधाज्ञा भएपछि बढेको भन्ने ठ्याक्कै डाटा छैन। तथ्यांकले पुष्टि गरेको भन्ने आइसकेको छैन। चोरी शिकारी बढ्यो होला भन्ने एजम्सन गर्न सकिन्छ। कहीँ बढेको पनि छ कहीँ घटेको पनि छ’, विभागका सूचना अधिकारी हरिभद्र आचार्यले भने, ‘कहीँ चाहिँ बेरोजगार भएर गाउँमा मान्छे आए। जंगलमा कोही निगुरो टिप्न जाने, कोही काठ काट्न जाने बहानामा शिकार गर्ने होलान्। शिकार गरेर उतै मासु खाने पनि होलान्। तर, कतिपय ठाउँमा कोभिड संक्रमण धेरै भएकाले मान्छे बाहिर निस्कँदैनन्। बाहिर ननिस्केपछि जंगल जाने कुरा पनि भएन। त्यसकारण तथ्यांक आइनसकेकाले अहिले नै बढ्यो वा घट्यो भन्न सक्ने अवस्था छैन।’

कोभिडले निकुञ्ज, आरक्ष बाहेकको जंगलमा गस्तीमा समस्या
कोभिडका कारण निकुञ्ज, आरक्षका जंगलमा गस्ती, पेट्रोलिङमा कुनै असर नगरेपनि बाहिर जंगलहरुमा भने केही असर गरेको विभागको भनाइ छ। निकुञ्ज, आरक्षहरुमा सुरक्षा पोष्ट भित्रै हुन्छ। 

‘गस्ती पेट्रोलिङका लागि चाहिने सवारीदेखि अन्य सामानहरु भित्रै हुन्छन्। सुरक्षा फौज पनि त्यहीँ सेन्ट्री बनाएर बस्ने भए। तर, अन्य जंगलमा भने सबै कुरा सम्भव छैन। जसकारण निषेधाज्ञामा बाहिर जंगलको गस्ती पेट्रोलिङमा भने केही समस्या आएको छ’, विभागका सूचना अधिकारी आचार्यले भने। 

सामुदायिक तथा राष्ट्रिय वनको हकमा भने स्थानीय तहले समेत वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा केही बजेट कार्यक्रममार्फत् सहयोग गरेको र निषेधाज्ञामा सूचनाहरु दिएर सहयोग गरेकाले चोरी शिकारी नियन्त्रणमा धेरै सहयोग भएको आचार्यको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्