• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निषेधाज्ञामा सल्बलाए तस्कर, बढ्यो वन्यजन्तुको शिकार

64x64
नारायण अधिकारी बिहीबार, असार १७, २०७८  ०८:५०
1140x725
प्रहरीले बरामद गरेको रेडपाण्डाको छाला।

काठमाडौं-

घटना १- गत वैशाख ३१ गते सर्लाहीबाट निल गाई मारेर छाला काट्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गर्‍यो। ईश्वरपुर नगरपालिका­-४ का रणबहादुर गोले त्यसबेला पक्राउ परे।

शिकारीलाई निन्त्रणमा लिने क्रममा प्रहरी र शिकारी समूहबाट दोहोरो फायरिङ समेत भएको थियो। नियन्त्रणमा लिने क्रममा शिकारीको समूहले प्रहरीतर्फ ३ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले पनि २ राउण्ड फायरिङ गरेको थियो। गोले पक्राउ परेपनि अरु शिकारी भने भागेका थिए। 

सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथ वन क्षेत्रमा शिकारी हतियारसहित पसेका थिए। इन्स्पेक्टर जनकराज ढुंगाना समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले शिकारीले प्रयोग गरेको प्रदेश-२-०२ ०३२ प २५२२ नम्बरको मोटरसाइकल र बीआर ३० यू ४६७७ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गर्‍यो भने तीन नाल भरुवा बन्दुक र त्यसमा लाग्ने बारुद पनि बरामद गरेको थियो।  

घटना २- संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले जेठ २५ गते कैलालीबाट रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गर्‍यो। कैलालीको गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वनबाट बझाङको देउलेकका २३ वर्षीय अमर धामी रेडपाण्डाका छालासहित पक्राउ परे। रेडपाण्डा मारेर छाला काडेर उनले बोकेका थिए।

घटना ३- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ दि फेमस महिन्द्र दल गणले निकुञ्जको इलाका चिलाउनेबाट १५ किलो बँदेलको मासुसहित एक जनालाई गत जेठ १२ गते पक्राउ गर्‍यो। 

काठमाडौं गोकर्णेश्वर नगरपालिका-१, चिलाउनेका ५० वर्षीय धनबहादुर तामाङ बा २९ प १५७९ नम्बरको मोटरसाइकलमा बँदेलको मासु बोकेर सुन्दरीजलतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए।

घटना ४- महानगरीय प्रहरी अपराध महाशाखाले असार ११ गते चितुवाको छालासहित स्वयम्भूबाट दुई जनालाई पक्राउ गर्‍यो। सिन्धुलीको मरिण–३ का ३२ वर्षीय सुशीलकुमार वाइबा र घ्याङलेख–१ का कान्छाराम वाइबा चितुवाको छालासहित पक्राउ परेका थिए। उनीहरुले उक्त छाला ६ लाखमा बेच्न लागेको महाशाखाको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

वन्यजन्त चोरी शिकारीका यी चारवटै घटना कोरोना कोभिड-१९ का कारण लगाइएको निषेधाज्ञामा भएका हुन्। गत वैशाखको दोस्रो सातादेखि सुरु भएको निषेधाज्ञायता वन्यजन्तु चोरी शिकारीका घटना बढ्दै गएको पाइएको छ। निषेधाज्ञाले आवतजावत ठप्प हुँदा फुर्सदिला बनेका केही व्यक्तिहरू वन्यजन्तु अपराधमा संलग्न हुन थालेको प्रहरीले दैनिकजसो बरामद गरेको वन्यजन्तुका हाडछाला तथा पक्राउ परेकाहरुबाट पुष्टि हुन्छ। 

निषेधाज्ञाको समयमा वन्यजन्तु चोरी शिकारी बढेपछि कतिपय स्थानीय तहले यसविरुद्ध अभियान नै चलाए। निषेधाज्ञामा चोरी शिकारी बढेको भन्दै डोटीको शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान चलाएको थियो। विभिन्न बहानामा स्थानीयहरु जंगल जाने र वन्यजन्तुको शिकार गर्ने क्रममा बढेको भन्दै शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान चलाएको थियो।

शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले उक्त अभियान अहिले पनि जारी नै रहेको बताए। रतुवा, घोरल, बँदेल, कालिज लगायतका पंक्षी तथा जनावरहरु शिकारीको निशानामा पर्न थालेपछि चोरी शिकारी नियन्त्रण अभियान चलाइएको जोशीको भनाइ छ।

यस्तै, निषेधाज्ञाकै समयमा कैलालीको संरक्षित वन क्षेत्र बसन्तामा पनि चोरी शिकारी बढेको भन्दै निगरानी बढाइएको छ। निषेधाज्ञाको सयमा काठ भन्दा पनि वन्यजन्तु चोरी शिकारी हुने गरेको गुनासो आएपछि निगरानी बढाइएको सबडिभिजन वन कर्यालय पचमुडियाका सहायक वन अधिकृत विश्वराज पण्डितको भनाइ छ। चोरी शिकारी बढेकाले गस्ती र निगरानी बढाइएको पण्डितले बताए। 

मध्य तराईका सर्लाही र महोत्तरीका जंगलमा पनि निषेधाज्ञाको समयमा वन्यजन्तुको चोरी शिकारी बढेको गुनासो आएपछि गस्ती बढाइएको छ। सर्लाहीमा त शिकारी र प्रहरीबीच दोहोरो फायरिङ समेत भएको थियो। महोत्तरी र तराईमा बँदेल, नीलगाई, मृग, हरिण, दुम्सीसहितका वन्यजन्तुहरुको शिकार हुने गरेको गुनासो आएपछि गस्ती बढाइएको हो। 

डिभिजन वन कार्यालय लालबन्दीका अनुसार वन्यजन्तु चोरी शिकारी बढेपछि गस्ती बढाइएको छ। सशस्त्र प्रहरीका तीन वटा बेसका २१ सुरक्षाकर्मी र वनका ७० कर्मचारीहरु आलोपालो गस्तीमा निस्कने गरेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा वन्यजन्तु चोरी शिकारी हेर्ने छुट्टै पिलर नै छ। उक्त पिलरका एक प्रहरी अधिृकतका अनुसार निषेधाज्ञामा घास दाउरा गर्ने बहानामा वन्यजन्तु शिकार गरेर मासु खाने घटना बढेको हुनसक्ने बताए। निषेधाज्ञामा शिकार गरेर अखेटोपहार बाहिर सप्लाई गर्न समस्या हुने भएकाले त्यस्ता घटना भने नभएको उनको भनाइ छ। 

सीआईबी प्रमुखको जिम्मेवारी सम्हालेर भर्खरै सरुवा भएका डीआईजी सहुकलबहादुर थापाले भने निषेधाज्ञामा चोरी शिकारी बढ्न सक्ने आकलन गरेर सोही अनुसार काम भइरहेको बताए। ‘निषेधाज्ञाले मान्छे फुर्सदिला भएकाले चोरी शिकारी बढ्न सक्ने हाम्रो पनि अनुमान हो। अहिले नै बढ्यो भन्न सक्ने अवस्था छैन। चोरी शिकारी बढ्न सक्नेतर्फ सचेत भएर सीआईबीले काम गरिरहेको छ’, थापाले भने। 

केही स्थानीय तहहरुले वन्यजन्तु चोरी शिकारीका घटना बढेको भन्दै नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको बताएपनि राष्ट्रिय निुकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने चोरी शिकारीको तथ्यांक आइनसकेकाले अहिले नै बढेको भन्ने नसकिने बताएको छ। 

‘निषेधाज्ञा भएपछि बढेको भन्ने ठ्याक्कै डाटा छैन। तथ्यांकले पुष्टि गरेको भन्ने आइसकेको छैन। चोरी शिकारी बढ्यो होला भन्ने एजम्सन गर्न सकिन्छ। कहीँ बढेको पनि छ कहीँ घटेको पनि छ’, विभागका सूचना अधिकारी हरिभद्र आचार्यले भने, ‘कहीँ चाहिँ बेरोजगार भएर गाउँमा मान्छे आए। जंगलमा कोही निगुरो टिप्न जाने, कोही काठ काट्न जाने बहानामा शिकार गर्ने होलान्। शिकार गरेर उतै मासु खाने पनि होलान्। तर, कतिपय ठाउँमा कोभिड संक्रमण धेरै भएकाले मान्छे बाहिर निस्कँदैनन्। बाहिर ननिस्केपछि जंगल जाने कुरा पनि भएन। त्यसकारण तथ्यांक आइनसकेकाले अहिले नै बढ्यो वा घट्यो भन्न सक्ने अवस्था छैन।’

कोभिडले निकुञ्ज, आरक्ष बाहेकको जंगलमा गस्तीमा समस्या
कोभिडका कारण निकुञ्ज, आरक्षका जंगलमा गस्ती, पेट्रोलिङमा कुनै असर नगरेपनि बाहिर जंगलहरुमा भने केही असर गरेको विभागको भनाइ छ। निकुञ्ज, आरक्षहरुमा सुरक्षा पोष्ट भित्रै हुन्छ। 

‘गस्ती पेट्रोलिङका लागि चाहिने सवारीदेखि अन्य सामानहरु भित्रै हुन्छन्। सुरक्षा फौज पनि त्यहीँ सेन्ट्री बनाएर बस्ने भए। तर, अन्य जंगलमा भने सबै कुरा सम्भव छैन। जसकारण निषेधाज्ञामा बाहिर जंगलको गस्ती पेट्रोलिङमा भने केही समस्या आएको छ’, विभागका सूचना अधिकारी आचार्यले भने। 

सामुदायिक तथा राष्ट्रिय वनको हकमा भने स्थानीय तहले समेत वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा केही बजेट कार्यक्रममार्फत् सहयोग गरेको र निषेधाज्ञामा सूचनाहरु दिएर सहयोग गरेकाले चोरी शिकारी नियन्त्रणमा धेरै सहयोग भएको आचार्यको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या मंगलबार, भदौ ९, २०८३
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्