काठमाडाैं- टर्की र अजरबैजानले सोमबारबाट संयुक्त सैन्य अभ्यास शुरु गरेका छन्। दुबै देशको याे अभ्यास अजरबैजानको भूमिमा शुरु भएकाे हाे।
यस सैन्य अभ्यासको लागि सैनिक ट्याङ्क, ड्रोन र हेलिकप्टरहरू प्रयाेग गरिएकाे रसियन समाचार एजेन्सी आरआईएले जनाएकाे छ।
गतवर्ष आर्मिनियाले नागार्नो-काराबाख क्षेत्रको नियन्त्रणको लागि लडिरहेकाे बेला टर्कीले अजरबैजानकाे साथ दिएकाे थियाे।
४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो नागोर्नो–काराबाख। नागोर्नो-काराबाखमा आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन्।
सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो। अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ। तर, नागोर्नो-काराबाखका अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन्।
दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन्। सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो। सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए। सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ।
गत २७ सेप्टेम्बरबाट दुवै देशले रुसको मध्यस्थतामा युद्धविरामको सम्झौता पनि गरेका थिए। तर, सम्झौतालाई बिथोल्दै दुवै देशका सेना पुनः युद्धमा होमिदै आएका छन्। पछिल्लो समयको द्वन्द्वमा दुवै देशका सयौं सेना र सयौं सर्वसाधारण मारिएका छन्।
यस महिनाको शुरूमा टर्की र अजरबैजानबीच सैन्य क्षेत्रमा सहयोग बढाउन एक सम्झौता भएको थियो। उक्त सम्झाैता अनुसार संयुक्त अभ्यास थालिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।