• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डोजर आतंक : जिउँदै खाल्डामा पुर्नेदेखि बकेटले हानेर वडाध्यक्षसम्मको हत्या, किन भइरहेछन् यस्ता अपराध?

64x64
नारायण अधिकारी मंगलबार, असार १५, २०७८  ०७:०५
1140x725

काठमाडौं- शुक्रबार राति सर्लाहीको ईश्वरपुर नगरपालिका-३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको डोजरको बकेटले हानेर हत्या भयो। नगरपालिकाको बजेटमार्फत् स्तरोन्नति सुरू गरिएको मुखलाल पोखरीको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठ सकुशल घर फर्कन सकेनन्।

निरीक्षण सकिएपछि वडाध्यक्ष श्रेष्ठ, डोजर अपरेटर (चालक) रवीन भनिने हर्कबहादुर तामाङ, ठेकेदार इल्धन सहनी, डोजर ठेकेदार प्रेमराज दाहाल गरी चार जना सँगै बसेर मापसे (मादक पदार्थ सेवन) गरेका थिए। मापसेले मातेपछि तामाङ र वडाध्यक्ष श्रेष्ठबीच विवाद भएको र सोही विवादका कारण वडाध्यक्ष श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले बताएका छन्।

विवाद भएपछि डोजरको बकेटले वडाध्यक्षको टाउकोमा हानेर हत्या गरिएको थियो। हत्या गरेपछि वडाध्यक्ष श्रेष्ठको शवसमेत पुरिएको थियो। हत्या आरोपमा चालक तामाङ र ठेकेदार सहनीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि कर्तव्य ज्यानको कसुरमा प्रहरीले म्याद लिएर अनुसन्धान सुरू गरेको छ।

योजनाबद्ध भन्दा पनि आवेशमा आएर डोजर चालकले वडाध्यक्षमाथि बकेटले प्रहार गरेर हत्या गरेको प्रहरी निष्कर्ष छ। यसरी डोजरको बकेटले प्रहार गरेर हत्या गरिएको घटना यो पहिलो भने होइन। यसभन्दा अघि डोजरको बकेटले हानेर हत्या गरेको घटनामा एक जना जेलसमेत चलान भएका छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१, सल्यानटारमा ४५ वर्षीया महिला सरस्वती कुमाललाई डोजर प्रयोग गरेर जिउँदै गाडिएको थियो। गत फागनु १८ गते बाटो खन्ने क्रममा स्काभेटरले ठक्कर दिएर घाइते बनाएपछि खाल्डो खनेर कुमाललाई पुरिएको थियो।

जिउँदै महिलालाई पुरेको पाइएपछि स्थानीयले स्काभेटरमा तोडफोड तथा आगजनीसमेत गरेका थिए। खाल्डो खनेर महिलालाई निकाल्दा उनको मृत्यु भइसकेको थियो।

शक्तिकेन्द्रको पहुँचमार्फत् उनीहरूले यस्ता ठेक्का हात पार्ने र कमसल काम गरे पनि कुनै कारबाही नहुने घटना सार्वजनिक भइरहेका छन्।

महिलालाई पुरेर फरार भएका चालक भीमबहादुर बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत चैत ६ गते भारतबाट पक्राउ गरी सार्वजनिक गरेको थियो। कर्तव्य ज्यानको कसुरमा उनी अहिले पुर्पक्षमा जेल चलान भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यी घटनाले देखाउँछन्, पछिल्लो समय डोजर अपरेटर (चालक)हरु यतिसम्म अराजक बन्दै गएका छन् कि सामान्य विवाद हुँदा वा केही नहुँदा पनि सनककै भरमा हत्यासम्म गर्न पछि नपर्ने हद्सम्मको आपराधिक मनोवृति उनीहरुमा देखिएको छ। 

सामान्य विवादमै बकेटले हानेर हत्यासम्मका घटना गर्नुमा मुख्य गरी दुईवटा कारण हुनसक्ने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

पहिलो- ठेकेदारको दबदबा: डोजर सडक तथा विकास निर्माणको ठेक्का लिएका व्यक्तिको कनेक्सस शक्तिकेन्द्रसम्म हुन्छ। अझ डोजर साहु भनेका व्यक्ति प्राय:जसो कुनै न कुनै स्थानीय तहका जनप्रतिनिधिसम्म हुन्छन्। स्थानीय तहदेखि केन्द्रसम्म उनीहरूको हालिमुहाली हुन्छ।

‘शक्तिकेन्द्रको पहुँचमार्फत् उनीहरूले यस्ता ठेक्का हात पार्ने र कमसल काम गरे पनि कुनै कारबाही नहुने घटना सार्वजनिक भइरहेका छन्। यसले ठेकेदार मात्रै होइन उनीहरूको डोजर चलाउने चालकलाई समेत अपराध नै गरे पनि शक्तिकेन्द्रको पहुँचका कारण सामान्य घटना बनाएर उन्मूक्ति पाउन सकिने भन्ने खालको बुझाई हुन्छ’, ठकुरीले भने, ‘जसका कारण सानो विवादमा पनि उनीहरू आफू पछाडिको डोजर साहु तथा ठेकेदारको दबदबामा यस्ता अपराधका घटना सहजै गराउँछन्।’

Xtrem

Xtrem

दोस्रो- विवादपछिको आवेश: विकास निर्माणका कामहरू गर्दा वा डोजर चलाउँदा अक्सर विवाद हुनु सामान्य झैं मानिन्छ। कसैको जग्गा गएको हुन्छ। कसैले भनेको ठाउँबाट बाटो नगएको भनेर विवाद हुन्छ। यस्ता विवाद सामान्य भए पनि त्यसबेलाको रिस र आवेगमा डोजर चालकहरूबाट यस्ता अपराधका घटना हुने गरेको ठकुरी बताउँछन्।

पूर्वडीआईजी ठकुरीले भनेजस्तै यस्तै विवादपछि आवेशमा आएर २०७६ कात्तिकमा डोजर चालकले बैतडीमा यस्तै प्रकारको घटना घटाएका थिए।

नेपालमा अध्ययन भएको छैन। तर विदेशतिरको अध्ययन हेर्दा लागुपदार्थको धेरै ठूलो भूमिका भएको देखिन्छ। लागुपदार्थको असर भइरहेको अवस्थामा मान्छेले के गरौं, के नगरौं भनेर आफूले आफैंलाई रोक्न नसक्ने अवस्था हुन्छ।

२०७६ कात्तिक ४ गते वैतडीको दशरथ चन्द नगरपालिका-९, ग्वाल्लेक सडक खन्न पुगेको डोजरलाई स्थानीय गौरी जोशीले अवरोध गरेकी थिइन्। त्यसपछि डोजर चालक किशोर बोहराले आवेशमा आएर ती महिलालाई डोजरको बकेटले हानेर हुत्याएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमासमेत भाइरल भएको थियो। भिडियो भाइरल भएपछि छानविन समिति गठन गरेर छानविन भएको थियो। चालकले गल्ती गरेको पाइएपछि उनीविरुद्ध ज्यान मार्ने उद्योगमासमेत मुद्दा दर्ता भएको थियो। पछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए।

यीबाहेक अन्य कारणहरूबाट पनि सामान्य विवादमै हत्यासम्मका जघन्य अपराधका घटनाहरू हुने गरेको वरिष्ठ मनोचिकित्सक तथा पाटन अस्पतालका निर्देशक रवि शाक्य बताउँछन्। यस्ता अपराध मान्छेको व्यक्तित्वमा भरपर्ने उनको तर्क छ।

‘आवेशमा यति स्ट्रोङ आउँछ कि त्यतिखेर आफैंलाई कन्ट्रोल गर्न सक्दैनन्। के ठीक, के बेठीक भन्ने छुट्याउनसमेत सक्ने अवस्था हुँदैन। कहिलेकाहीँ यस्ता कारणले पनि सामान्य विवादमा हत्यासम्मका घटना हुने गरेका छन्। पछि त्यो कामप्रति पछुतो पनि हुनसक्छ। यति हुँदाहुँदै पनि आवेश रोक्न नसक्दा हत्या हुने गरेका छन्,’ शाक्यले भने।

अर्को पाटो लागुऔषध पनि हुनसक्ने उनको तर्क छ। ‘नेपालमा अध्ययन भएको छैन। तर, विदेशतिरको अध्ययन हेर्दा लागुपदार्थको धेरै ठूलो भूमिका भएको देखिन्छ। लागुपदार्थको असर भइरहेको अवस्थामा मान्छेले के गरौं, के नगरौं भनेर आफूले आफैंलाई रोक्न नसक्ने अवस्था हुन्छ। त्यस्तो अवस्थामा पनि यस्ता प्रकृतिका गम्भीर अपराध हुने गरेका छन्,’ शाक्यले भने।

छिटफुट घटनाहरू भने मान्छेको ‘क्रिमिनल माइन्ड’ (आपराधिक मानसिकता)का कारण हुने गरेको उनले बताए।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। सोमबार, असोज १९, २०८३
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्