• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डोजर आतंक : जिउँदै खाल्डामा पुर्नेदेखि बकेटले हानेर वडाध्यक्षसम्मको हत्या, किन भइरहेछन् यस्ता अपराध?

64x64
नारायण अधिकारी मंगलबार, असार १५, २०७८  ०७:०५
1140x725

काठमाडौं- शुक्रबार राति सर्लाहीको ईश्वरपुर नगरपालिका-३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको डोजरको बकेटले हानेर हत्या भयो। नगरपालिकाको बजेटमार्फत् स्तरोन्नति सुरू गरिएको मुखलाल पोखरीको निरीक्षण गर्न गएका वडाध्यक्ष श्रेष्ठ सकुशल घर फर्कन सकेनन्।

निरीक्षण सकिएपछि वडाध्यक्ष श्रेष्ठ, डोजर अपरेटर (चालक) रवीन भनिने हर्कबहादुर तामाङ, ठेकेदार इल्धन सहनी, डोजर ठेकेदार प्रेमराज दाहाल गरी चार जना सँगै बसेर मापसे (मादक पदार्थ सेवन) गरेका थिए। मापसेले मातेपछि तामाङ र वडाध्यक्ष श्रेष्ठबीच विवाद भएको र सोही विवादका कारण वडाध्यक्ष श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले बताएका छन्।

विवाद भएपछि डोजरको बकेटले वडाध्यक्षको टाउकोमा हानेर हत्या गरिएको थियो। हत्या गरेपछि वडाध्यक्ष श्रेष्ठको शवसमेत पुरिएको थियो। हत्या आरोपमा चालक तामाङ र ठेकेदार सहनीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि कर्तव्य ज्यानको कसुरमा प्रहरीले म्याद लिएर अनुसन्धान सुरू गरेको छ।

योजनाबद्ध भन्दा पनि आवेशमा आएर डोजर चालकले वडाध्यक्षमाथि बकेटले प्रहार गरेर हत्या गरेको प्रहरी निष्कर्ष छ। यसरी डोजरको बकेटले प्रहार गरेर हत्या गरिएको घटना यो पहिलो भने होइन। यसभन्दा अघि डोजरको बकेटले हानेर हत्या गरेको घटनामा एक जना जेलसमेत चलान भएका छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१, सल्यानटारमा ४५ वर्षीया महिला सरस्वती कुमाललाई डोजर प्रयोग गरेर जिउँदै गाडिएको थियो। गत फागनु १८ गते बाटो खन्ने क्रममा स्काभेटरले ठक्कर दिएर घाइते बनाएपछि खाल्डो खनेर कुमाललाई पुरिएको थियो।

जिउँदै महिलालाई पुरेको पाइएपछि स्थानीयले स्काभेटरमा तोडफोड तथा आगजनीसमेत गरेका थिए। खाल्डो खनेर महिलालाई निकाल्दा उनको मृत्यु भइसकेको थियो।

शक्तिकेन्द्रको पहुँचमार्फत् उनीहरूले यस्ता ठेक्का हात पार्ने र कमसल काम गरे पनि कुनै कारबाही नहुने घटना सार्वजनिक भइरहेका छन्।

महिलालाई पुरेर फरार भएका चालक भीमबहादुर बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत चैत ६ गते भारतबाट पक्राउ गरी सार्वजनिक गरेको थियो। कर्तव्य ज्यानको कसुरमा उनी अहिले पुर्पक्षमा जेल चलान भएका छन्।

Ncell 2
Ncell 2

यी घटनाले देखाउँछन्, पछिल्लो समय डोजर अपरेटर (चालक)हरु यतिसम्म अराजक बन्दै गएका छन् कि सामान्य विवाद हुँदा वा केही नहुँदा पनि सनककै भरमा हत्यासम्म गर्न पछि नपर्ने हद्सम्मको आपराधिक मनोवृति उनीहरुमा देखिएको छ। 

सामान्य विवादमै बकेटले हानेर हत्यासम्मका घटना गर्नुमा मुख्य गरी दुईवटा कारण हुनसक्ने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

पहिलो- ठेकेदारको दबदबा: डोजर सडक तथा विकास निर्माणको ठेक्का लिएका व्यक्तिको कनेक्सस शक्तिकेन्द्रसम्म हुन्छ। अझ डोजर साहु भनेका व्यक्ति प्राय:जसो कुनै न कुनै स्थानीय तहका जनप्रतिनिधिसम्म हुन्छन्। स्थानीय तहदेखि केन्द्रसम्म उनीहरूको हालिमुहाली हुन्छ।

‘शक्तिकेन्द्रको पहुँचमार्फत् उनीहरूले यस्ता ठेक्का हात पार्ने र कमसल काम गरे पनि कुनै कारबाही नहुने घटना सार्वजनिक भइरहेका छन्। यसले ठेकेदार मात्रै होइन उनीहरूको डोजर चलाउने चालकलाई समेत अपराध नै गरे पनि शक्तिकेन्द्रको पहुँचका कारण सामान्य घटना बनाएर उन्मूक्ति पाउन सकिने भन्ने खालको बुझाई हुन्छ’, ठकुरीले भने, ‘जसका कारण सानो विवादमा पनि उनीहरू आफू पछाडिको डोजर साहु तथा ठेकेदारको दबदबामा यस्ता अपराधका घटना सहजै गराउँछन्।’

दोस्रो- विवादपछिको आवेश: विकास निर्माणका कामहरू गर्दा वा डोजर चलाउँदा अक्सर विवाद हुनु सामान्य झैं मानिन्छ। कसैको जग्गा गएको हुन्छ। कसैले भनेको ठाउँबाट बाटो नगएको भनेर विवाद हुन्छ। यस्ता विवाद सामान्य भए पनि त्यसबेलाको रिस र आवेगमा डोजर चालकहरूबाट यस्ता अपराधका घटना हुने गरेको ठकुरी बताउँछन्।

पूर्वडीआईजी ठकुरीले भनेजस्तै यस्तै विवादपछि आवेशमा आएर २०७६ कात्तिकमा डोजर चालकले बैतडीमा यस्तै प्रकारको घटना घटाएका थिए।

नेपालमा अध्ययन भएको छैन। तर विदेशतिरको अध्ययन हेर्दा लागुपदार्थको धेरै ठूलो भूमिका भएको देखिन्छ। लागुपदार्थको असर भइरहेको अवस्थामा मान्छेले के गरौं, के नगरौं भनेर आफूले आफैंलाई रोक्न नसक्ने अवस्था हुन्छ।

२०७६ कात्तिक ४ गते वैतडीको दशरथ चन्द नगरपालिका-९, ग्वाल्लेक सडक खन्न पुगेको डोजरलाई स्थानीय गौरी जोशीले अवरोध गरेकी थिइन्। त्यसपछि डोजर चालक किशोर बोहराले आवेशमा आएर ती महिलालाई डोजरको बकेटले हानेर हुत्याएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमासमेत भाइरल भएको थियो। भिडियो भाइरल भएपछि छानविन समिति गठन गरेर छानविन भएको थियो। चालकले गल्ती गरेको पाइएपछि उनीविरुद्ध ज्यान मार्ने उद्योगमासमेत मुद्दा दर्ता भएको थियो। पछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए।

यीबाहेक अन्य कारणहरूबाट पनि सामान्य विवादमै हत्यासम्मका जघन्य अपराधका घटनाहरू हुने गरेको वरिष्ठ मनोचिकित्सक तथा पाटन अस्पतालका निर्देशक रवि शाक्य बताउँछन्। यस्ता अपराध मान्छेको व्यक्तित्वमा भरपर्ने उनको तर्क छ।

‘आवेशमा यति स्ट्रोङ आउँछ कि त्यतिखेर आफैंलाई कन्ट्रोल गर्न सक्दैनन्। के ठीक, के बेठीक भन्ने छुट्याउनसमेत सक्ने अवस्था हुँदैन। कहिलेकाहीँ यस्ता कारणले पनि सामान्य विवादमा हत्यासम्मका घटना हुने गरेका छन्। पछि त्यो कामप्रति पछुतो पनि हुनसक्छ। यति हुँदाहुँदै पनि आवेश रोक्न नसक्दा हत्या हुने गरेका छन्,’ शाक्यले भने।

अर्को पाटो लागुऔषध पनि हुनसक्ने उनको तर्क छ। ‘नेपालमा अध्ययन भएको छैन। तर, विदेशतिरको अध्ययन हेर्दा लागुपदार्थको धेरै ठूलो भूमिका भएको देखिन्छ। लागुपदार्थको असर भइरहेको अवस्थामा मान्छेले के गरौं, के नगरौं भनेर आफूले आफैंलाई रोक्न नसक्ने अवस्था हुन्छ। त्यस्तो अवस्थामा पनि यस्ता प्रकृतिका गम्भीर अपराध हुने गरेका छन्,’ शाक्यले भने।

छिटफुट घटनाहरू भने मान्छेको ‘क्रिमिनल माइन्ड’ (आपराधिक मानसिकता)का कारण हुने गरेको उनले बताए।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्