काठमाडौं- न्यायाधीश ईश्वर प्रसाद खतिवडाले महान्यायाधिवक्ता रमेश बडाललाई संविधानको धारा ७६ (५) को आधार के हो? भनेर प्रश्न गरेका छन्। उनले त्यसमा दलको समर्थन अनिवार्य हो कि होइन? समेत प्रश्न गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सोमबार न्यायाधीश खतिवडाले महान्यायाधिवक्ता रमेश बडाललाई यस्तो प्रश्न गरेका हुन्।
जवाफमा महान्यायाधिवक्ता बडालले यसको उदाहरणको रुपमा गण्डकी प्रदेशलाई हेर्न भने। 'याे गण्डकीमा हेर्दा प्रष्ट हुन्छ। दल र स्वतन्त्र सांसद जाने हाे। गण्डकीमा यही भयाे। दलकाे रहेछ भने दल जाने हाे नत्र स्वतन्त्र सांसद जाने हाे।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।