काठमाडौं– उत्तर कोरियाली सञ्चार माध्यमले शासक किम जोङ उनको स्वास्थ्यका बारेमा प्रसारण गरेको भिडियो खाद्य संकटसँग जुधिरहेका नागरिकको ध्यान मोड्न गरिएको खेल भएको विश्लेषकहरुले दाबी गरेका छन्।
राज्यद्वारा कडाइका साथ नियन्त्रित सञ्चारमाध्यमले शुक्रबार पहिचान नखुलाइएका प्योङयाङबासी एक युवकले किमको कमजोर स्वास्थ्य अवस्थाले उत्तर कोरियालीको मुटु छियाछिया भएको बताएको भिडियो सार्वजनिक गरेका थिए।
करिब एक महिना सार्वजनिक कार्यक्रममा नदेखिएका किम गत जुनमा सञ्चारमाध्यममा देखिएका थिए। ‘विश्लेषकहरुले त्यतिबेला किमले नाडीमा बाँधेको घडी धेरै कसिएको देखिएको बताएका थिए। उनको तौल बिरामी भएका कारण घटेको हो वा आफूलाई फिट राख्न प्रयास गरिरहेका भन्ने स्पष्ट हुन नसकेको बेला सरकारी मिडियाले उक्त समाचार प्रशारण गर्नुको उदेश्य स्पष्ट हुन सेकेको छैन,’ उत्तर कोरियाको निगरानी गर्दै आएका अमेरिकास्थित ३८ उत्तर परियोजनाका निर्देशक जेनी टाउनले बताएको रोयटर्सले उल्लेख गरेको छ।
किमले उत्तरमा ‘तनावपूर्ण’ खाद्य संकटलाई स्वीकार गरेका छन्। खाद्य उत्पादनमा ह्रास, सीमा लगाइएको प्रतिबन्ध लगायतका कारणले आर्थिक समस्या तिब्र बनेको र ब्यापारलाई कमजोर बनाइदिएको छ।
‘मेरो विचारमा किमको घट्दो वजनको कारण उनीहरुले कोभिड १९ सम्बन्धित उपायको खोजी बताउन सक्नेछन्’ सियोलस्थित कोरिया रिस्क ग्रुपका सीईओ चाड ओकारोलले भने।
‘किमको तिब्र गतिमा वजन घटिरहेको देखाइनुमा प्रोपोगाण्डा हुन सक्छ, उत्तर कोरियाका नेताले पनि त्यस्तै भोजन खान्छन् जसको सामना बर्तमान समयमा देशले गरिरहेको छ भन्ने देखाउन खोजिएको छ’ उनले भने।
त्यस्तै नागरिकहरुका लागि किमले निकै कठिनाइका साथ कडा मेहनत गरिरहेको देखाउनका लागि पनि उनको तौल घटेको विषयलाई सरकारी मिडियाले जोड दिएर उठाइरहेको हुनसक्ने उनी बताउँछन्।
उत्तर कोरियाली मिडियाका लागि कुनै पनि नेताको स्वास्थ्य उल्लेख गर्नु असामान्य हो तर यो नसुनिएको विषय भने होइन।
२०१४ मा किमका बारेको एक रिपोर्टमा भनिएको थियो, ‘जसलाई आफ्नो हजुरबुवा र बुवाबाट पद विरासतमा मिलेको थियो उनले विभिन्न असुविधाहरु भोगेका थिए।’
उत्तराधिकारीको छनोट नभएका कारण किमको स्वास्थ्यले उत्तर कोरियाको ७६ वर्ष पुरानो वंशाणुगत नेतृत्व प्रणाली अस्तव्यस्त हुन सक्छ। ‘उनको तौल र स्वास्थ्य अवस्था उत्तर कोरियाको भाग्यका लागि निकै महत्वपूर्ण छ, जसलाई मानिसहरुले निकै नजिकबाट हेरिरहेका छन्,’ टाउनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।