काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन सम्बन्धी संविधानका सबै उपधारा अनुसार दाबी गर्ने पाउने तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा सोमबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले सोही अनुसार उपधारा ५ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेको तर्क गरे।
'७६ (३) काे सरकारलाई जसपाले समर्थन गरेन तर, उपधारा ५ अनुसार समर्थन गरेकाे हाे। माैजुदा सरकारले विश्वासकाे मत नपाउने देखेर मार्ग प्रशस्त गरेकाे हाे', बडालले भने, 'शेरबहादुर देउवा, जसपा र माओवादी मिलेकाे भए धारा ७६ (२) मा दाबी गर्नसक्नु हुन्थ्याे। केपी ओलीले उपधारा ५ अनुसार दाबी गर्न मिल्दैन भन्न मिल्छ?', बडालले भने।
उपधारा २ अनुसार ओलीले विश्वासकाे नपाएको मान्ने हो भने विपक्षीहरूको पनि १२४ मत मात्रै रहेको उनको तर्क गरे।
'भरतपुरमा मतपत्र च्यातिँदै गर्दा ओली र प्रचण्डको दाेहाेरी चलेकाे थियाे तर पछि गठबन्धन त भयाे नि? राजनीतिमा कुन समयमा के हुन्छ भन्न सकिँदैन', बडालको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।