काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले पञ्चायतकालीन निर्दलीय व्यवस्था ल्याउन खोजिएको तर्क गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा सोमबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले सत्तारुढ दलका सांसदले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुले यस्तै संकेत गरेको बताए।
बहुलदभित्र निर्दलकाे कल्पना छ कि छैन भन्नेमा बहस गर्नुपर्ने बडालको भनाइ छ। 'एउटा दलबाट निर्वाचित हुने अनि अर्काे प्रतिस्पर्धी दलकाे नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र अदालत आउन मिल्छ?', उनले भने, 'याे पञ्चायतकालीन निर्दलीय व्यवस्था बनाउन खाेजिएकाे छ। संविधानकाे प्रस्तावनामै बहुदलीय प्रतिस्पर्धा उल्लेख छ। अहिलेकाे अभ्यास याे विपरीत छ।'
उनले लाेकतन्त्रमा सांसदहरुले दलीय अनुशासनकाे घेराभित्र बस्नुपर्ने तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।