काठमाडाैं- दिल्लीमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमितकाे संख्या यो वर्षकै सबैभन्दा कम रहेको संघीय स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ।
दिल्लीमा पछिल्लो २४ घण्टामा ८५ व्यक्तिमा नयाँ संक्रमित भेटिएको र चारजनाको मृत्यु भएको हो।
दिल्लीमा पछिल्लो २४ घण्टामा २८५ जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल १४ लाख सात हजार व्यक्ति निको भई घर फर्किएका छन्। दिल्लीमा अहिले सक्रिय संक्रमित एक हजार ५६८ रहेको छ।
दिल्लीमा काेराेना संक्रमणबाट मृत्यु हुनेको दर १.७४ प्रतिशत कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।