काठमाडाैं- चिनियाँ एप्स टिकटक र विच्याटमाथि लगाइएको प्रतिबन्ध हटाउने अमेरिकाले घोषणा गरेको छ।
डोनाल्ड ट्रम्प सरकारमा हुँदा उनले टिकटक तथा विच्याट लगायत अन्य चर्चित एप्सहरुमाथि प्रतिबन्ध लगाएका थिए। उनले यी एप्सबाट अमेरिकी नागरिकका व्यक्तिगत डाटा चिनियाँ सरकारले संग्रहित गर्ने गरेकाे आराेप लगाएका थिए।
उनले १ करोड अमेरिकी टिकटक प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु टिकटकले दुरुपयोग गरेको र चिनियाँ सरकारको स्वार्थमा प्रयोग गरिएको आरोप लगाएका थिए। तर टिकटकले भने अमेरिकी टिकटक प्रयोगकर्ताका डाटा चीनमा संग्रहित नहुने भन्दै प्रयोगकर्ताका डाटाहरु सरकारलाई नदिने प्रष्ट पारेको थियाे।
त्यसयता टिकटक र विच्याटले अमेरिकामा कारोबार गर्न पाएका थिएनन्। सोमबार अमेरिकी वाणिज्य विभागले कारोबारको प्रतिबन्ध फुकुवा गर्ने बताएको छ।
प्रतिबन्ध फकुवा भएपनि अमेरिकी राष्ट्रपति जो वाइडेनले ती एप्सहरु अमेरिकाको लागि सुरक्षा खतरा हुन् या हैनन् भनेर अनुसन्धान गर्न निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।