काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य बेदुराम भुसालले राष्ट्रिय सभामा स्वतन्त्र सांसदका रुपमा मान्यता दिन निवेदन दिएका छन्।
नेकपाको समयमा राष्ट्रिय सभामा निर्वाचित उनले कुनैपनि दल रोज्न मन नलागेको बताउँदै आइतबार निवेदन दिएका हुन्।
सर्वोच्च अदालतले २०७७ फागुन २३ गते आफू निर्वाचित पार्टी नेकपाको अस्तित्व समाप्त गरेपछि नै स्वतन्त्र सांसद रहेको उनले बताए।
नेकपा एमालेमा माधव नेपाल समूहमा रहेका उनले दिएको यो निवेदनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।