काठमाडाैं- साउदी अरेबिया सरकारले प्रख्यात लेखिका तथा सामाजिक अभियान्ता नसीमा अल सदालाई तीन वर्षको जेल सजाय पछि रिहा गरेको छ।
नसीमा साउदी अरेबियाको कतिफ क्षेत्रकी हुन्। उनले महिला र शिया अल्पसंख्यकको पक्षमा आवाज उठाएकी थिइन्।
उनी सन् २०१८ मा पक्राउ परेकी थिइन्। गतवर्ष उनलाई बन्द कोठामा अदालती सुनवाइ पछि ५ वर्षको जेल सजाय सुनाइएको थियो।
मानव अधिकारका लागि काम गर्ने एक अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले उनको रिहाइको माग गर्दै आएको थियो।
पुरुषहरूको दबदबा रहेको सामाजिक सुव्यवस्थाको अन्त्य गर्न माग गर्दै अभियान चलाउँदा नसिमा र समर बदावीलाई पक्राउ गरिएको थियो।
उनीहरूले सउदीमा महिलालाई गाडी चलाउन दिनुपर्ने माग राखेका थिए। नसीमाले मानव अधिकारवादी संगठन ‘जस्टिस सेन्टर’ पनि शुरू गरेकी थिइन्। तर, साउदी सरकारले यसलाई अनुमति दिएन।
नसीमा पक्राउ परेको बेला केही महिला पनि पक्राउ परेका थिए। उनीहरुमाथि विदेशी शक्ति आडमा अभियान चलाएको आरोप लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।