काठमाडाैं- अमेरिकी राज्य फ्लोरिडाको मायामीस्थित एउटा १२ तले अपार्टमेन्ट भत्किँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
हालसम्म ५ जनाको शव भेटिएको बीबीसीले जनाएकाे छ। मायामीका मेयर डेनिएर लेविनले पनि आइतबार हालसम्म भवनले पुरेकामध्ये ५ जनाको शव भेटिएको जानकारी दिएका छन्।
यस दुर्घटनामा हालसम्म १५० भन्दा बढी मानिस बेपत्ता छन्। उनीहरु सबैलाई भवनले पुरेको अनुमन गरिएकाे छ। हाल भवनले पुरिएकाको उद्धार कार्य जारी राखिएको छ।
शनिबार उद्धार कार्य जारी राख्दा भवनको केही भागमा आगलागी भएपछि उद्धार कार्य केही प्रभावित भएको थियो। प्रहरीका अनुसार जसलाई जीवितै उद्धार गरिएको छ, उनीहरुलाई होटलमा स्थानीय सरकारले खाने र बस्ने व्यवस्था गरेका छन्।
अमेरिकी समयअनुसार बिहीबार बिहानै उक्त भवन भत्किएको थियो। स्थानीय एजेन्सीले सो भवन कसरी भत्कियो भनेर हालसम्म खुलेर जवाफ दिएका छैनन्। यद्यपि, सन् २०१८ मा इन्जिनियरहरुको एउटा रिपोर्टअनुसार सो भवनको डिजाइनमा गडबडी थियो।
भवनको पानी बाहिर जानुको साटो त्यो भवनको जगमा गएर बस्ने गरेको बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।