काठमाडौं– गण्डकी प्रदेश सरकारका ४ जनामध्ये २ जनालाई जिम्मेवारी (मन्त्रालय) तोकिएको छ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै मन्त्रीको शपथ लिएका कुमार खड्का र मधुमाया अधिकारीले मन्त्रालय पाएका हुन्।
नेपाली कांग्रेसबाट मन्त्री बनेका कुमार खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
मन्त्रालय तोकिएकामध्ये अधिकारीले पद्भार ग्रहण गरिसकेकी छन् भने खडकाले आइतबार साँझसम्म पद्भार ग्रहण गर्ने जनाइएको छ।
नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि नेपाली कांग्रेसका पोखरेल जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। जेठ २९ गते नै मुख्यमन्त्री पोखरेलसँगै ४ जना मन्त्रीले शपथ ग्रहण गरेका थिए।
शपथ ग्रहण गरेकामध्ये जनता सामाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले मन्त्रालयको जिम्मेवारी पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।