Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा विघटन मुद्दामा बहस : समय विभाजनमै विवाद गर्दै प्रधानमन्त्री र सभामुखका वकिल

64x64
नेपाल लाइभ आइतबार, असार १३, २०७८  ०९:३०
1140x725

काठमाडौं– प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तिम फैसलाका लागि सुरु भएको बहसमा रिट निवेदक पक्षको बहस अन्तिमतिर पुगेको छ। उनीहरुले अब २ घन्टा ३५ मिनेट बहस गर्नेछन्। सम्भवतः उनीहरुको बहस आज (आइतबार) चिया समयसम्म जानेछ। 

उनीहरुको समय सकिएपछि बहसका लागि विपक्षीको पालो आउनेछ। विपक्षीका तर्फबाट सरकारी वकिल, प्रधानमन्त्री र सभामुखका कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन्। तर, रिट निवेदकको प्रारम्भिक बहस सकिने समय भइसक्दा पनि संसद् विघटनसम्बन्धी मुद्दामा विपक्षी वकिलले इजलासद्वारा तोकिएको समयभित्र कसले कति समय बहस गर्ने भन्ने टुंगो लगाउन सकेका छैनन्। यस विषयमा उनीहरुबीच तिव्र विवाद देखिएको छ। 

आइतबार रिट निवेदकका कानुन व्यवसायीले बहस सकेर विपक्षीहरुको बहस सुरु हुँदै छ। तर, अहिलेसम्म उनीहरुका बीचमा समय विभाजनको कुरा मिल्न सकेको छैन। सरकारी पक्ष र प्रधानमन्त्रीका कानुन व्यवसायीले सरकारको बचाउ गर्ने अनि सभामुखले नगर्ने भएपछि विवाद भएको हो।  

सरकारी वकिलको कार्यालयले साढे सात घन्टा लिएपछि बाँकी रहेको साढे सात घन्टा आफैले लिने तयारीमा प्रधानमन्त्रीका कानुन व्यवसायी रहेका छन्। इजलासले भने सभामुखका कानुन व्यवसायीका लागि पनि सोही समय हो भन्दै आएको छ। उनीहरुले बहसका विषयमा एक आपसमा समन्वयसमेत नर्गदा यो विषयमा विवाद हुने देखिएको हो। 

संवैधानिक इजलासले ३२ घण्टा बहसको समय तोकिदिएको थियो, जसमा मुद्दाका पक्ष र विपक्षलाई १५–१५ घण्टा छुट्याएको छ भने २ घण्टा एमिकस क्युरीका लागि तोकिएको छ। मुद्दाका विपक्षमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुख छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी वकिल र प्रधानमन्त्रीका कानुन व्यवसायीले अदालतले तोकेको १५ घन्टाको समय लिने तयारी गरेपछि सभामुखका कानुन व्यवसायी मिचाइमा पर्ने देखिएको छ। 

यी निकायको प्रतिनिधित्व समग्र रुपमा महान्यायाधिवक्ता कार्यालयले गर्ने भएपछि उनीहरुले निजी कानुन व्यवसायी राख्न पाउने अधिकारअन्तर्गत कानुन व्यवसायी पनि नियुक्त गरेका छन्। सरकारी वकिलबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायी र सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीले बहस गर्नेछन्। 

१५ घन्टाको अवधिमा आधा सरकारी वकिलहरुले पाउने र बाँकी साढे सात घन्टा दुवै विपक्षीका कानुन व्यवसायीले पाउनुपर्ने दावी सभामुखका कानुन व्यवसायीको रहेको छ। तर, प्रधानमन्त्रीका कानुन व्यवसायीले साढे सात घन्टा नै आफैले लिने तयारी गरेपछि विवाद देखिएको हो। सभामुखका कानुन व्यवसायीलाई समय उपलव्ध गराउँदा सरकारको कदमको बचाउमा बहस गर्न समय नपुग्ने भन्दै प्रधानमन्त्रीका कानुन व्यवसायी र महान्यायाधिवक्ता कार्यालयले कुनै पनि पहल नलिएको सभामुखका कानुन व्यवसायीको आरोप छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यही कुराको संकेत पाएपछि असार ९ गते इजलासमा सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरुले ‘आफूहरूलाई कति समय छुट्याइएको हो?’ भन्दै जिज्ञासा राखेका थिए। जवाफमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सरकार पक्षलाई दिइएको १५ घण्टाभित्र सभामुख पक्षले पनि बहस गर्नुपर्ने स्पष्ट पारेका थिए। सभामुख पक्षबाट बहस गर्ने तयारी गरेका बरिष्ठ अधिवक्ता श्याम खरेलले उठेर आपत्ति जनाएका थिए। त्यसपछि न्यायाधीश खतिवडाले ‘तपाईंहरूको पालो आएको छैन । हामीले तपाईंको कुरा नोटिस गरेका छौँ,’ भन्दै कुरा टुङ्गयाएका थिए। 

रिट निवेदकलाई प्रारम्भिक बहसका लागि छुट्याइएको समय सकिन लाग्दा समेत विपक्षीले आफूले पाएको १५ घण्टा समयको भागवण्डा नभएपछि आइतबार इजलासमा कुरा उठाउने कि भन्ने तयारीमा सभामुखका कानुन व्यवसायी रहेका छन्। सभामुखका तर्फबाट यसपटक लव मैनाली, श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, मेघराज पोखरेल र  श्रीकृष्ण सुवेदीले बहसका लागि नाम लेखाएका छन्। 

सभामुखका तर्फवाट वकालतनामा लेखाएका अधिवक्ता सुवेदीले आफुहरुले पनि बहसका लागि प्रधानमन्त्रीका कानुन व्यवसायीकै जत्तिकै समय पाउनुपर्ने दावी गरे। ‘विपक्षीको रुपमा कानुन व्यवसायी धेरै हुने वा नहुनेले अर्थ राख्दैन तर समय भने बराबर नै पाउनुपर्छ,’ सुवेदीले भने,  ‘साढे सात घन्टामा आधा समय हाम्रो भएकाले यस बारेमा इजलासले मिलाउला, नत्र कुरा उठाउनेछौं।’   

प्रधानमन्त्रीका तर्फबाट १ सय १६ जना निजी वकिलले वकालतनामा टिपाएका छन् भने सभामुखका तर्फबाट ५ जना मात्र भएकाले आफुहरुले साढे सात घन्टा पाउनुपर्ने दावी गर्ने तयारीमा प्रधानमन्त्रीका कानुन व्यवसायी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्