• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको ‘अफर’ नस्वीकार्ने नेपालको घोषणा : के एमाले एकताको अध्याय सकिएको हो?

64x64
नेपाल लाइभ शनिबार, असार १२, २०७८  २२:२९
1140x725

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आए पनि अब विपक्षी गठबन्धनबाट पछि नहट्ने बताएका छन्। शनिबार पाँच दलको विपक्षी गठबन्धनले काठमाडौंमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा नेपालले आफूलाई त्यस्तो अफर आइरहेको र त्यसले केही फरक नपार्ने बताए।

गत बिहीबार सम्पादकहरुसँगको छलफलमा भन्दा प्रष्ट देखिएका नेपालले सर्वोच्च अदालतमा बुझाएको आफूपक्षका सांसदहरुको हस्ताक्षर फिर्ता लिने कुनै गुञ्जायस नरहेको समेत प्रष्ट पारे। ‘म धोका दिने मान्छे होइन, सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता हुँदैन। जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन’, नेपालले भने।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चासँगै एमालेका नेपालपक्षका २६ सांसदले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्ताव गरेका थिए। तर, राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी उल्टै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेपछि त्यसमध्ये एमालेका २३ जना सांसदले पनि सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेका छन्। उनीहरुले विघटन बदर र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन्। 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले केही समयअघि एमाले एकताको आह्वान गर्दै त्यो हस्ताक्षर फिर्ता लिनुपर्ने उल्लेख गरेका थिए। तर, नेपालपक्षले लगत्तै हस्ताक्षर फिर्ता हुन नसक्ने स्पष्ट पारेको थियो। त्यसयता ओली र नेपाल दुवैपक्षका दोस्रो तहका नेताहरुले एकताको प्रयत्न गर्दै आए पनि कर्णाली प्रदेशका चारजना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध ओली पुनरावलोकनको निवेदन (भ्याकेट) लिएर सर्वोच्च गएपछि त्यो पहल भंग भएको थियो। ओली पक्षले पुनर्बहाली भएका चारमध्ये तीनजनालाई शुक्रबार फेरि कारबाही गरेपछि उनीहरु एक महिनाका लागि प्रदेश सभा सचिवालयबाट निलम्बनमा परेका छन्।

एकताको अध्याय सकिएकै हो?
एमालेको एकता जोगाउने भन्दै लागिरहेका नेताहरुले एकताको सम्भावना कमजोर रहेको तर प्रयत्न जारी रहेको बताउँदै आएका छन्। पछिल्ला दिनमा औपचारिक वार्ता र छलफल नभए पनि प्रयत्न जारी नै रहेको उनीहरुको भनाई छ।

nimb
nimb
Ncell 2
Ncell 2

यहीक्रममा पछिल्ला केही दिनयता ओलीपक्षबाट माधव नेपाललाई प्रधानमन्त्री बनाएर भए पनि एकता जोगाउनुपर्ने भनाई सार्वजनिक हुनथालेको छ। प्रतिनिधि सभा पुनःस्थापना भएको अवस्थामा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएमा नेपाललाई नै प्रधानमन्त्री बनाएर अघि जानुपर्ने धारणा ओलीनिकट नेताहरुले सार्वजनिक रुपमै व्यक्त गरिरहेका छन्। 

ओलीले नेपाललाई साँच्चै प्रधानमन्त्री बनाउन चाहन्छन् या त्यो उनको आफुलाई आइलागेको संकट टार्ने अर्को रणनीति हो भन्ने त प्रष्ट छैन। तर, ओलीपक्षबाट नेपाललाई प्रधानमन्त्री बनाउनेदेखि एमालेको अध्यक्ष (दुईजना अध्यक्षको व्यवस्था गरेर) बनाउनेसम्मका चर्चा बाहिर ल्याइएको छ। 

शनिबार नेपालले पनि यो कुरा उल्लेख गरे। उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ होइन कि आइसक्यो। तर, प्रधानमन्त्री भइसकेको माधव नेपाल फेरि प्रधानमन्त्री बन्नलाई धोका दिने मान्छे होइन।‘

नेपालनिकट एक नेताले प्रधानमन्त्री वा अध्यक्षको अफर नेपाललाई विपक्षी गठबन्धनबाट अलग गराउँने ओलीको चालबाजी मात्र भएकाले त्यसको कुनै अर्थ नरहेको बताए। ‘एकताका निम्ति हामीले प्रष्टसँग आफ्नो बटमलाइन राखिसकेका छौं, त्यसबाहेक दायाँबायाँ हुने कुनै सम्भावना छैन’, ती नेताले भने, ‘एकता चाहेको हो भने ती कुरा पूरा गर्दा भइहाल्यो, होइन भने हामी कुन बाटो हिँड्ने भन्ने तय गरिसकेका छौं।‘

उनले एमाले एकताको अध्याय समाप्त भइसकेको भनेर टिप्पणी गर्न चाहेनन्। ‘हामीले यो पार्टी फुटाउने प्रयत्न हिजो पनि गरेका थिएनौं, आज पनि गरेका छैनौं। फुटाउने प्रयत्न गरेको ओलीले हो’, उनले भने, ‘त्यसकारण अध्याय बाँकी राख्ने कि समाप्त पार्ने भन्ने उहाँले नै भन्ने हो।‘ नेपालले भने शनिबारको कार्यक्रममा आफूलाई ‘एमालेभित्रको विद्रोही’ भन्दै विपक्षी गठबन्धनमै रहने स्पष्ट संकेत गरिसकेका छन्।
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्