Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर १३, २०८३ Sun, Nov 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कृष्णगोपाल श्रेष्ठ अर्थात् ‘काण्ड’ गरिरहने मन्त्री

64x64
नेपाल लाइभ शनिबार, असार १२, २०७८  २०:४८
1140x725

काठमाडौं- असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगे। जातका कारण डेरा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा भएपछि उनलाई स्वागत गर्न श्रेष्ठ त्यहाँ पुगेका थिए। मन्त्री श्रेष्ठले प्रधानलाई बा १ झ ८७६३ नम्बरको आफ्नै सरकारी गाडीमा चढाएर बबरमहलस्थित उनकै घरमा लगेर छाडे।

जातीय विभेदलाई अपराधको रुपमा व्याख्या गरेको संविधान भएको मुलुकको शिक्षा मन्त्री तथा कम्युनिस्ट पार्टीको जिम्मेवार नेता श्रेष्ठको सो किसिमको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भयो। विभिन्न संघ संस्थाले विज्ञप्ति जारी गरेर श्रेष्ठलाई पदमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरे। तर यस विषयमा न प्रधानमन्त्री बोलेका छन्, न मन्त्री श्रेष्ठले नै कुनै जवाफ दिएका छन्।

आफ्नो बोली र गतिविधिका कारण बेलाबखतमा विवादमा आइरहने नेता हुन्, श्रेष्ठ। असार ९ गतेको घटना पछिल्लो सन्दर्भ मात्रै हो। विगतमा पनि विवादमा आउँदा कुनै प्रतिक्रिया नदिइ टार्ने गरेका उनले यस प्रकरणमा पनि आफ्नो धारणा राख्ने सम्भावना कम छ। 

आफूले दिएको अभिव्यक्ति सन्दर्भमा आम निगरानीबाट उत्पन्न प्रतिक्रिया कस्तो हुनसक्छ भन्ने कुरालाई उनले ख्याल गरेको पाइँदैन। विशेषगरी ओलीको बचाउका लागि उनले मिल्ने, नमिल्ने जस्तासुकै बिम्बको सहारा लिने गरेका छन्। त्यसैले उनले एउटा कार्यक्रममा ओलीलाई प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने बताए। २०७७ पुस ५ मा गरिएको प्रतिनिधि सभा विघटनलाई फागुन ११ मा सर्वोच्च अदालतले बदर गरिदिएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग उठ्न थालेपछि मन्त्री श्रेष्ठले त्यसको प्रतिवाद गरेका थिए।

यो पनि पढ्नुहोस्

जातीय छुवाछुतमा मन्त्री श्रेष्ठमाथि लाग्न सक्छ फौजदारी मुद्दा, ३ वर्ष जेल हुनसक्ने शनिबार, असार १२, २०७८

फागुन १७ गते उनले एउटा कार्यक्रममा सम्बोधन गर्दै भने- ‘कोही माइकालाल जन्मेको छ, केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्मिएको छैन। केपी ओली इज द केपी ओली। फुटबलको पेलेजस्तै हो। जसरी बुझ्न मन लाग्छ, बुझ्नुस्। यथार्थ सत्य यही हो। के राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिन्छ? राजीनामा दे भन्नेहरुले बनाएको प्राइममिनिस्टर हो? अदालतको फैसलाले आएको सरकार हो यो?’

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री पदमा रहेको व्यक्तिबाट विनम्र हुनुपर्ने र जवाफदेही हुनुपर्ने अपेक्षा विपरीत उनको बोली भने अभिमानपूर्ण हुने गर्छ। जसले आलोचना निम्त्याउने गरेको छ। सोही कार्यक्रममा उनले आफैंलाई औंलाले देखाउँदै झन् बढी पावरफुल भएको दाबी गरे। ‘ढुक्क हुनुहोस्, ढुक्क हुनुहोस्। हिजोभन्दा पावरफुल सरकारको इजुकेसन मिनिस्टर यहाँ हाजिर छ। हिजोभन्दा पावरफुल भएको छु’, उनको भनाइ थियो।

कतिपय बेलामा उनी असंवेदनशील पनि सुनिन्छन्। कोरोना महामारी बढ्दै गएकाले कम्तीमा शहरी क्षेत्रको विद्यालय तत्काल बन्द गर्नुपर्ने माग उठिरहेको बेलामा उनले विद्यार्थीहरु विद्यालयमै सुरक्षित हुने अभिव्यक्ति दिएका थिए। निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गराउन नचाहेको चर्चा चलिरहेका बेला शिक्षा मन्त्रीले पनि विद्यालय बन्द नगराउने अडान लिएपछि उनको आलोचना भयो। तर, उनले भने आफूलाई ‘एन्टीकरेन्ट हुन मन लाग्छ’ भन्दै उल्टै आलोचकको हुर्मत लिए।

आफू निकटकालाई फाइदा पुर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओलीको उनी उत्तराधिकारीको रुपमा प्रकट भएका छन्। त्यसको उदाहरण हो, ओली निकट व्यवसायी दुर्गा प्रसाईंले सञ्चालन गरेको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन गरेको प्रयास। गत फागुनमा श्रेष्ठको ठाडो निर्देशनमा काठमाडौं विश्वविद्यालय (केयू) ले झापास्थित बिएन्डसी अस्पताललाई नियमविपरीत मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको थियो। बिएन्डसीको हकमा चिकित्सा शिक्षा आयोगले सम्बन्धनको सिफारिस नगरिसक्दै उनकै ठाडो निर्देशनमा केयूले आयोगलाई छलेर सम्बन्धन दिने निर्णय गर्नुपरेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पनि पढ्नुहोस्

 

शिक्षामन्त्रीको दबाबमा बिएन्डसीलाई सम्बन्धन दिने केयूको निर्णयशनिबार, फागुन १५, २०७७

गत जेठ ३० गते बालुवाटारमै प्रधानमन्त्रीको साथ लागेर मन्त्री श्रेष्ठले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई धम्की दिएको घटना त झनै विवादित भयो। त्यहाँ गिरीलाई बीएन्डसीलाई तत्कालै सैद्धान्तिक सहमति दिन प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले दबाब दिएका थिए। गिरीले आनाकानी गरेपछि श्रेष्ठले पद छाड्न धम्की दिएका थिए।

स्वायत्त निकायको कार्यकारीमाथि प्रधानमन्त्री निवासमै दिइएको धम्कीको सर्वत्र आलोचना भयो। ‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयम्‌मा भर्त्सनायोग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ’, सोही दिन बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा केसी अलायन्सद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

मन्त्रीजस्तो ओहोदामा बसेको व्यक्ति नागरिकप्रति झन् धेरै जवाफदेही बन्नुपर्छ। तर, जे बोल्दा र जे गर्दा पनि सार्वजनिक रुपमा जवाफदेही बन्नु नपर्ने, उल्टै प्रधानमन्त्रीको धाप पाइरहने भएकाले हुनसक्छ, पछिल्लोपटक त उनले मुलुकको फौजदारी कानुनले निषेध गरेको हर्कत् गर्न पनि संकोच मानेनन्। त्यसमाथि अनेकौं प्रश्न उठ्दा पनि जवाफ दिन जरुरी ठानेनन्। शनिबार दिनभर नेपाल लाइभले प्रतिक्रिया लिन धेरै पटक प्रयास गर्दा पनि मन्त्री श्रेष्ठ उपलब्ध हुन चाहेनन्।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ कालो झण्डा देखाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेपछि हिन्दु सम्राट सेनाले त्यसको विरोध गरेको छ । शनिबार, मंसिर १२, २०८३
कांग्रेस सहमहामन्त्री खतिवडा भन्छन्– ‘संविधानले नचिनेका व्यक्तिबाट शासन भइरहेको छ’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार गठन भएको नौ महिना बित्दा पनि मुलुकको अवस्थामा सुधार नआएको बताए। न्यायपालिका,... शनिबार, मंसिर १२, २०८३
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भेटे राष्ट्रपति शनिबार, मंसिर १२, २०८३
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्