काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको बताएका छन्।
शनिबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकारहरुसँगको छलफल कार्यक्रममा देउवाले राष्ट्रपतिको भूमिकाको आलोचना गरेका हुन्।
देउवाले राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गरेको आरोप लगाए।
देउवाले संविधानमा धारा ७६ (५) राख्नुको अर्थ सांसदहरुको स्वतन्त्रता स्वीकारिएको रुपमा अर्थ्याए। सोही धाराअनुसार गत जेठ ७ गते १४९ सांसदले हस्ताक्षर गरेर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए। तर, राष्ट्रपति भण्डारीले देउवाको दाबीलाई अस्वीकार गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।