काठमाडौं– जनता समाजवादी पार्टी नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ६ गते मार्ग प्रशस्त नभइ, मार्ग अवरुद्ध गरेको बताएका छन्।
शनिबार राजनीतिक बिटका पत्रकारहरुसँग विपक्षी गठबन्धनले गरेको छलफल कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अगाडि बढाउन सिफारिस गरेका थिए। सोही अनुसार, राष्ट्रपति भण्डारीले २१ घण्टे समयका साथ प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेकी थिइन्।
‘उहाँले मार्ग प्रशस्त गरेँ भनेर भन्नुभयो। तर प्रधानमन्त्रीको कुर्सीमा उहाँ नै बस्नुभएको थियो’, श्रेष्ठले भने।
विपक्षीले दाबी गरेअनुसार सर्वोच्चले आदेश दिने हो भने नेपालमा निर्दलीय अभ्यास शुरु हुने ओली र उनी निकटहरुबाट आइरहेको प्रतिक्रियाको पनि श्रेष्ठले प्रतिवाद गरे। उनले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका सन्दर्भमा सांसद्हरु स्वतन्त्र हैसियतको हुने बताए। त्यसो गर्दा पनि आफूहरु दलकै सांसद् हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।