काठमाडाैं- सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका कर्णाली प्रदेशका चार सांसदमध्ये तीन जना पुन: निलम्बनमा परेका छन्। नेकपा एमाले संसदीय दलको निर्णयअनुसार प्रदेश सभा सचिवालयले उनीहरुलाई निलम्बित गरेकाे हाे।
सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमिमन्त्री कुर्मराज शाहीलाई निलम्बित गरिएको जनाएकाे छ।
उनीहरुलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे पक्षमा मत दिएर पार्टीकाे नीतिविपरीत कार्य गरेकाे अभियाेगमा दाेस्राे पटक कारबाही गरिएकाे हाे।
यसअघि कारबाहीमा परेका उनीहरु पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा पुगेका थिए। सर्वोच्चले अन्तरिम आदेशमार्फत् उनीहरुलाई पुनर्बहाली गरिदिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।